arrow

बैंगलुरू र गुजरातले पहिलो क्वालिफायर खेल्ने, पञ्जाब गर या मरको खेल खेल्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ९ शनिबार
ipl-bangaluru-haidarabad-kohli.jpg

काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएलको पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैंगलुरू र गुजरात टाइटान्स भिड्ने भएका छन् । लिग चरणको अन्तिम खेलमा सनराइजर्स हैदराबादसँग पराजित भए पनि बैंगलुरू शीर्ष स्थानमा रहँदै लिग सकाउन सफल भएको हो । बैंगलुरू, गुजरात र हैदराबादको समान १८ अंक भए पनि हैदराबाद तेस्रो स्थानमा रहँदै इलिमिनेटर खेल्ने भएको छ । 

गएराति हैदराबादमा भएको खेलमा हैदराबाद ५५ रनले विजयी भयो । खेलमा पहिले ब्याटिङ गरेको हदराबादले ४ विकेटको क्षतिमा २५५ रन बनायो । इशान किशनले ४६ बलमा ७९, अभिषेक शर्माले २२ बलमा ५६ तथा हेन्रिच क्लासेनले २४ बलमा ५१ रन बनाए । 

जवाफमा बैंगलुरूले ४ विकेटको क्षतिमा २०० रन बनाउन सक्यो । कप्तान रजत पटिदारले ३९ बलमा ५६, भेंकटेश अथ्यरले १९ बलमा ४४ तथा क्रुनाल पाण्डेयाले ३१ बलमा अविजित रहँदै ४१ रन जोडे । 

आज पञ्जाब किंग्स र लखनउ सुपर जाइन्टस् भिड्दै छन् । खेल बेलुकी पौने ८ बजे लखनउमा हुनेछ । 

यो खेल जित्दा पञ्जाबको प्लेअफ सम्भावना जीवितै हुनेछ भने हारले बाहिरिनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ