arrow

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न म्याद थप नगर्न सर्वोच्चको परमादेश

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ८ शुक्रबार
durga-pradsai-pakrau-.jpg

काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप हिरासतमा राख्न म्याद थप नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ।

न्यायाधीशहरू विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आज प्रसाईंका तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिट निवेदन भने खारेज गरिदिएको छ। 

तर हिरासत बस्ने म्यादका सम्बन्धमा सुनुवाइ गर्दै अदालतले अब उप्रान्त म्याद थप नगर्न गृह मन्त्रालय र प्रहरी प्रशासनका नाममा उक्त परमादेश जारी गरेको हो।

यसअघि, जिल्ला अदालत पर्साले पछिल्लो पटक बिहीबार मेडिकल व्यवसायी प्रसाईंलाई अनुसन्धानका लागि भन्दै थप चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

 सर्वोच्चको यो नयाँ आदेशसँगै प्रसाईंलाई चालू म्याद सकिएपछि पुनः म्याद थपेर हिरासतमा राखिरहन कानूनीरूपमा मिल्ने छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ