arrow

टी-२० महिला क्रिकेटमा नेपालले मलेसियामाथि गर्‍यो क्लिन स्वीप

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ८ शुक्रबार
wc-nep-mal-26-5-22.jpg

काठमाडौँ । मलेसिया विरुद्धको टी-२० क्रिकेट श्रृंखलामा क्लिन स्वीप गरेको छ । नेपालले दुई खेलको श्रृंखला २-० ले जितेको छ । पहिलो खेल बुधबार २ विकेटले जितेको नेपालले दोस्रो खेलमा शुक्रबार ७ विकेटले जितेको हो । 

मलेसियाको बायुमास ओभल क्रिकेट मैदानमा नेपालले ८३ रनको चुनौती १६ ओभरमै ३ विकेटको क्षतिमा पूरा गरेको हो । सम्झना खड्काले ३७ बलमा अविजित रहँदै ३९ तथा कविता कुँवरले २० बलमा अविजित रहँदै १९ रन जोडिन् । 

यसअघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८२ रनको योगफल बनाएको थियो ।

मलेसियाका लागि ऐना हमिजाले सर्वाधिक १७ रनको योगदान दिइन् । उनले ३० बलमा एक चौकाको सहायताले १७ रन बनाएकी हुन् । त्यस्तै धनुश्री मुहुनानले १५ रन जोडिन भने अरिनान नातास्याले १३ रन बनाइन । त्यसबाहेक मलेसियाका अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । 

बलिङतर्फ नेपालकी कविता कुँवर, रुविना क्षेत्री र रिया शर्माले समान दुई/दुई विकेट लिए भने पूजा महतो र सीता रानामगरले समान एक/एक विकेट लिइन् । 

यसअघि पहिलो खेलमा नेपाल २ विकेटले विजयी भएको थियो । मलेसियाले दिएको ६८ रनको सामान्य लक्ष्य नेपालले १७ ओभर ३ बलमा ८ विकेट गुमाएर पूरा गर्‍यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया १६ ओभर ५ बलमा ६७ रनमै अलआउट भएको थियो ।

नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै घरेलु टोलीलाई सस्तैमा समेटेका थिए ।

नेपालकी पूजा महतोले सर्वाधिक ३ विकेट लिइन् । मनीषा उपाध्याय र रिया शर्माले २/२ विकेट हात पार्दा कविता कुँवर र सीता मगरले एक/एक विकेट लिए ।

एसीसी महिला प्रिमियर कप र २०औँ एसियाली खेलकुद प्रतियोगिताको छनोट तयारीस्वरूप नेपालले मलेसियासँग टी-२० शृङ्खला खेलेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ