arrow

एलिट ग्राण्ड स्कूलमा विद्यार्थीबीच लोकतान्त्रिक अभ्यास, निर्वाचनबाट तोकियो जिम्मेवारी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ७ बिहिबार
eliteopen.jpg

काठमाडौँ । विद्यालयमा विद्यार्थी नेतृत्व विकास तथा लोकतान्त्रिक अभ्यासलाई व्यवहारिक रूपमा सिकाउने उद्देश्यले एलिट ग्राण्ड स्कूलमा चुनावबाट जिम्मेवारी तोकिएको छ । 

विद्युतीय निर्वाचन प्रणालीमार्फत विद्यार्थी नेता छनोट कार्यक्रम भएको हो । विद्यालयका कम्प्युटर शिक्षकद्वय विनोद भुषाल र विनय घिमिरेको प्राविधिक तयारी तथा सामाजिक अध्ययन विभागीय प्रमुख गणेश अधिकारीको संयोजकत्वमा सम्पन्न उक्त निर्वाचन कार्यक्रमले विद्यालयमा लोकतान्त्रिक संस्कारको अभ्यासलाई अझ प्रभावकारी बनाएको विद्यालय व्यवस्थापनले जनाएको छ।

विद्यालयका प्रबन्ध निर्देशक ध्रुवप्रसाद पोख्रेल तथा प्रधानाध्यापक सुकुमार थपलियाले संयुक्त रूपमा औपचारिक मतदान प्रक्रिया शुरू गरेका थिए । बिहान ९ः३० बजेदेखि सुरू भएको मतदान कार्यक्रम दिउँसो लगभग ३ बजेसम्म सञ्चालन भएको थियो।

लोकतान्त्रिक अभ्यासले विद्यार्थीहरूमा निर्वाचन प्रक्रिया, लोकतान्त्रिक अभ्यास बुझ्न र बुझाउन सहज हुने तथा लिडरशिप क्षमता अभिवृद्धिको लागि सहयोगी हुने स्कूलका प्रधानाध्यापक थपलियाले बताए ।  

उक्त निर्वाचनमा स्कूल हेड ब्वाइमा  कक्षा १० का हृदय केशर थापा,स्कूल हेड गर्लमा १० कक्षाकै देछन शेर्पा, डेपुटी हेड ब्वाइमा कक्षा ९ का सुराजरत्न श्रेष्ठ तथा डेपुटी हेड गर्लमा कक्षा ९ की निर्जरा शाह निर्वाचित भए । 

पर्फेक्ट ब्वाइमा कक्षा ७ का संयम बस्नेत र पर्फेक्ट गर्लमा कक्षा ७ कै जङछुप डोमा शेर्पा चुनिएका छन् । स्पोर्ट्स क्याप्टेनमा कक्षा ९ का प्रशान गिरी र कक्षा ८ का एलेक्स गिरी चुनिए । 

स्पोर्टस् भाइस क्याप्टेनमा कक्षा ९ बाट डिभाइन पोखरेल र कक्षा ६ बाट आभास बराल निर्वाचित भए । ब्लुहाउस क्याप्टेनमा कक्षा ८ बाट प्रिन्सा कटवाल र भ्वाइस क्याप्टेनमा कक्षा ८ बाटै अनुभव अधिकारी चुनिए । 

ग्रीन हाउसबाट क्याप्टेनमा कक्षा ८ बाट ल्हामु शेर्पा र भाइस क्याप्टेनमा कक्षा ८ की निश्मा राज्यलक्ष्मी शाह चुनिए । रेड हाउसबाट क्याप्टेनमा हृधनराज चौधरी र भाइस क्याप्टेनमा उदयश्री पाठक निर्वाचित भए । 

यल्लो हाउसमा एड्भिका पौडेल र भाइस क्याप्टेनमा आराध्या कार्की निर्वाचित भए । हाउसमा निर्वाचित सबै कक्षा ८ का हुन् । 

विभिन्न पदहरूका लागि ६९ जना विद्यार्थीले उम्मेद्वारी दिएका थिए। कक्षा १ देखि १० सम्मका सम्पूर्ण विद्यार्थी, शिक्षक-शिक्षिका तथा अन्य कर्मचारीहरूले समेत उत्साहपूर्वक मतदानमा सहभागिता जनाएका थिए।

'लर्निङ बाइ डुइङ'को अवधारणामा विश्वास राख्ने विद्यालयले विद्यार्थीहरूलाई मतदान प्रक्रिया, नेतृत्व छनोट तथा लोकतान्त्रिक मूल्य र मान्यताको व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले हरेक वर्ष यस प्रकारको निर्वाचन कार्यक्रम सञ्चालन गर्दै आएको छ । 

यस कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध तथा सहभागी संस्कृतिको विकास गर्न महत्वपूर्ण भूमिका खेलेको विद्यालय प्रशासनले जनाएको छ।

elite6.jpeg
elite5.jpeg
elite4.jpeg
elite3.jpeg
elite2.jpeg
elite1.jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ