arrow

अन्तर्वार्ताबाट सरकारी कर्मचारी छान्न निर्वाचन आयोगको रोक

आचारसंहिता उल्लंघन नगर्न आयोगको प्रधानमन्त्रीलाई निर्देशन

logo
प्रकाशित २०७३ फागुन २२ आइतबार
Election_commition.jpeg
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचार संहिता उल्लंघन नगर्न निर्देशन दिएको छ । आयोगको आईतबार बसेको बैठकले आगामी बैशाख ३१ गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि लागू गरिएको निर्वाचन आचार संहिता उल्लंगन नगर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का् कार्यालय मार्फत् निर्देशन दिने निर्णय गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । 
 
आयोगले राजनीतिक कामका सिलसिलामा प्रधानमन्त्रीले निजी हेलिकोप्टर प्रयोग गर्दा आयोगको पूर्व स्विकृती लिएर मात्र प्रयोग गर्न तथा निर्वाचन प्रचार–प्रसारमा संलग्न नहुन समेत निर्देशन दिने निर्णय गरेको हो । 
 
त्यस्तै, मन्त्रीहरुले सरकारी कामको सिलसिलामा सरकारी सवारी साधन तथा राजनीतिक कामका सिलसिलामा निजी सवारी साधन प्रयोग गर्दा आयोगको पूर्व स्वीकृती लिएर मात्र जिल्लाको सदरमुकामसम्म प्रयोग गर्न पाउने तथा निर्वाचन प्रचार–प्रसारमा मन्त्रीहरू संलग्न नहुने व्यवस्थाका लागि सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो । 
 
त्यस्तै सांसद्हरुलाई पनि कुनै दल वा उम्मेदवारको प्रचार–प्रसारको लागि सरकारी सवारी साधन एवं सरकारी साधन स्रोत प्रयोग गर्न नदिन व्यवस्थापिका संसद सचिवालयलाई निर्देशन दिने तथा विश्व विद्यालय, विद्यालय व्यवस्थापन समिति र नेपाल सरकारको स्वामित्वमा रहेको पेशागत संघ संगठनहरूको पूर्व निर्धारित कार्यतालिका बाहेकका निर्वाचन नगर्न, नगराउन नेपाल सरकारलाई निर्देशन दिने निर्णय समेत भएको आयोगले जनाएको छ । 
 
साथै, लोक सेवा आयोग तथा न्याय सेवा आयोग आपैmले सञ्चालन गरेको पदपूर्ति प्रक्रिया निरन्तर सञ्चालन गर्न सक्ने तर सो बाहेक लोक सेवा आयोगको अध्यक्षता वा प्रतिनिधित्व गरी सञ्चालन भएका विभिन्न संघ संस्थाका (राजनीतिक नियुक्ति बाहेक) कर्मचारीको पदपूर्ति प्रक्रियालाई निरन्तरता दिन सहमति दिने तर अन्तर्वार्ताबाट मात्र कर्मचारी छानिने भएमा त्यस्तो पदपूर्ति कार्य निर्वाचन अवधिभर रोक्ने समेत निर्णय भएको आयोगले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ