arrow

निर्वाचन गराउन आयोगले माग्यो तत्काल स्थानीय तहको यकीन विवरण

logo
प्रकाशित २०७३ फागुन २२ आइतबार
Election_local_2074_1.jpeg
काठमाडौं । निर्वाचन आयोगले सरकारसँग शीघ्रातीशीघ्र  राज्य पुनसंरचना आयोगको प्रतिवेदन माग गरेको छ । सरकारले तोकेको मिति आगामी वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको लागि निर्वाचन आयोगले तयारीको कार्यहरू तीव्ररूपमा अगाडि बढाइरहेको बताउँदै सो को लागि आफ्नो बाटो फुकाईदिन सरकारसँग आग्रह गरेको हो । 
 
आईतबार बस्ने मन्त्रिपरिषद्को बैठकमा संशाृधित प्रतिवेदन पेश गर्ने तयारी भईरहेको बेला आयोगका प्रवक्ता सूर्य प्रसाद शर्माले विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेका हुन् । आयोगले निर्वाचन सम्पन्न गर्नको लागि आयोगलाई आवश्यक सहयोग पु¥याउन नेपाल सरकारलाई १९ बुँदे निर्देशन तथा शान्ति सुरक्षा व्यवस्थित गर्नका लागि गृह मन्त्रालयलाई चार बुँदे निर्देशन दिइसकेको जनाएको छ ।
 
यसको लागि अब निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि अन्तिम तयारी गर्न आवश्यक पर्ने स्थानीय तह पुनःर्संरचना आयोगको प्रतिवेदन शीघ्र आवश्यक रहेको ब्यहोरासमेत सरकारलाई अनुरोध गरिसकिएको बताउँदै प्रतिवेदन शिघ्रातिशीघ्र प्राप्तिको प्रतिक्षामा आयोग रहेको बताएको हो । 
 
निर्वाचन सञ्चालन गर्न समय निकै छोटो रहेको र निर्वाचन कार्यलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचनका सरोकारवालाहरूको महत्वपूर्ण र सकारात्मक भूमिकाको निर्वाचन आयोगले अपेक्षा पनि गरेको जनाएको छ । 
 
निर्वाचनका प्रमुख सरोकारवाला राजनीतिक दलहरूको आपसी सहयोग, समन्वय, सहमति, समझदारीबाट मात्र निर्वाचन सञ्चालन तथा व्यवस्थापन गर्न सहज वातावरण निर्माण हुने भएकोले राजनीतिक दलहरूबाट उल्लेखित वातावरण सिर्जना गर्न महत्वपूर्ण भूमिका निर्वाह हुनेछ भन्नेमा निर्वाचन आयोगले विश्वास लिएको शर्माद्वारा जारी विज्ञप्तीमा भनिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ