arrow

महिला टी-२० शृङ्खलामा नेपालको सुखद् शुरूआत, मलेसियाविरुद्ध रोमाञ्चक जित

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ६ बुधबार
women-cricket-nepal-06-02.jpg

काठमाडौँ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसिया विरुद्धको पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा रोमाञ्चक जित दर्ता गरेको छ ।

घरेलु टोली मलेसियासँगको दुई खेलको टी-२० शृङ्खलाअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल २ विकेटले विजयी भएको हो ।

मलेसियाले दिएको ६८ रनको सामान्य लक्ष्य नेपालले १७ ओभर ३ बलमा ८ विकेट गुमाएर पूरा गर्‍यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया १६ ओभर ५ बलमा ६७ रनमै अलआउट भएको थियो ।

नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै घरेलु टोलीलाई सस्तैमा समेटेका थिए ।

नेपालकी पूजा महतोले सर्वाधिक ३ विकेट लिइन् । मनीषा उपाध्याय र रिया शर्माले २/२ विकेट हात पार्दा कविता कुँवर र सीता मगरले एक/एक विकेट लिए ।

सामान्य लक्ष्य पछ्याउने क्रममा नेपालले केही विकेट गुमाए पनि अन्ततः जित निकाल्दै शृङ्खलामा सुखद शुरूआत गरेको हो ।

नेपाल र मलेसियाबीचको दोस्रो तथा अन्तिम टी-२० खेल शुक्रबार हुनेछ ।

एसीसी महिला प्रिमियर कप र २०औँ एशियाली खेलकुद प्रतियोगिताको छनोट तयारीस्वरूप नेपालले मलेसियासँग टी-२० शृङ्खला खेलेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ