arrow

इरानसँग सम्झौता नजिक पुगेका छौँ: ट्रम्प

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ६ बुधबार
trump-21.jpg

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको सम्बन्धमा सकारात्मक विकास भइरहेको र दुई देश सम्झौताको नजिक पुगेको दाबी गरेका छन्। इरानमाथि गर्ने भनिएको सैन्य आक्रमण तत्कालका लागि स्थगित गर्ने घोषणा गरेको केही घण्टापछि राष्ट्रपति ट्रम्पको यस्तो अभिव्यक्ति बाहिर आएको हो।

राष्ट्रपति ट्रम्पले खाडी मुलुकहरूको आग्रहमा इरानमाथि मङ्गलवारका लागि तय गरिएको सैन्य कारबाही केही दिनका लागि रोक्ने निर्णय गरिएको जानकारी दिए। उनले परिस्थितिको मूल्याङ्कनका आधारमा यो स्थगनको अवधि केही समयका लागि अझै लम्बिन सक्ने सम्भावना रहेको समेत स्पष्ट पारे।

सैन्य कारबाही स्थगित भए पनि र सम्झौताको वातावरण बने पनि अमेरिका आफ्नो मुख्य अडानबाट पछि नहटेको उनले बताएका छन्। यसैबीच, राष्ट्रपति ट्रम्पले इरानले आफ्नो विवादित परमाणु कार्यक्रम पूर्ण रूपमा त्याग्नुपर्ने अडान पुनः दोहोर्‍याएका छन्। इरानले आणविक हतियार निर्माणको बाटो पूर्ण रूपमा बन्द नगरेसम्म स्थायी शान्ति सम्भव नहुने अमेरिकी पक्षको भनाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ