arrow

सुनचाँदीको मूल्य बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ५ मंगलबार
gold-jewalary.jpg

काठमाडौँ । स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा पुनः वृद्धि भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको नयाँ दरभाउ अनुसार नेपाली बजारमा सुनको मूल्य प्रति तोलामा पाँच सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्यमा पनि तोलामा ४५ रुपैयाँको वृद्धि देखिएको छ।

मूल्य बढेसँगै अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला दुई लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आजका लागि दुई लाख ९५ हजार तीन सय रुपैयाँ निर्धारण गरिएको छ। 

त्यसैगरी बहुमूल्य धातु चाँदीको मूल्यमा पनि वृद्धि भएर नयाँ कीर्तिमान कायम भएको छ। सोमबार प्रतितोला पाँच हजार ४० रुपैयाँमा खरिदबिक्री भएको चाँदी आजका लागि भने पाँच हजार ८५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ