arrow

सरकारविरुद्ध उत्रिए बुटवलका अव्यवस्थित बसोबासी तथा सुकुमवासी [तस्बिरहरू]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ४ सोमबार
slums-butwal-protest-against-balen-government (5).jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

बुटवल । रूपन्देहीको बुटवलमा अव्यवस्थित बसोबासी तथा भूमिहीन सुकुमवासीहरूले प्रदर्शन गरेका छन् । सरकारले वर्षौंदेखि बसोबास गर्दै आएका सुकुमवासीलाई विकल्प बिना हटाउन खोजेको भन्दै देशभरका सुकुमवासीहरूले विरोध प्रदर्शन गरेका हुन् ।

नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति, रूपन्देहीको आयोजनामा भएको प्रदर्शन बुटवलको राजमार्ग चौराहाबाट शुरू भएको थियो । प्रदर्शनकारीहरूले राजमार्ग चौराहा, मिलनचोक, बसपार्क, पुष्पलाल पार्क हुँदै ट्राफिक चोकसम्म र्‍याली निकालेका थिए । पछि ट्राफिक चोकमा पुगेर विरोध सभा गरिएको थियो।

प्रदर्शनमा विशेषगरी तराईका २२ जिल्लाबाट आएका सुकुमवासीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ । 

संघर्ष समितिका संयोजक खगेन्द्र पौडेलका अनुसार सरकारले विकल्प बिना गरिब सुकुमवासी तथा अव्यवस्थित बसोबासीका घरटहरामा डोजर चलाएर हटाउने तथा विस्थापित गर्ने प्रयास गरेकाले विरोधमा उत्रिनुपरेको हो ।
 

slums-butwal-protest-against-balen-government (2).jpg
slums-butwal-protest-against-balen-government (3).jpg
slums-butwal-protest-against-balen-government (4).jpg
slums-butwal-protest-against-balen-government (5).jpg
slums-butwal-protest-against-balen-government (6).jpg
slums-butwal-protest-against-balen-government (7).jpg
slums-butwal-protest-against-balen-government (8).jpg
slums-butwal-protest-against-balen-government (9).jpg
slums-butwal-protest-against-balen-government (10).jpg
slums-butwal-protest-against-balen-government (11).jpg
slums-butwal-protest-against-balen-government (12).jpg
slums-butwal-protest-against-balen-government (13).jpg
slums-butwal-protest-against-balen-government (14).jpg
slums-butwal-protest-against-balen-government (15).jpg
slums-butwal-protest-against-balen-government (16).jpg
slums-butwal-protest-against-balen-government (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ