दुवै सदनको बैठक बस्दै, बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल शुरू हुने
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ४ सोमबार
793
Shares
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बैठक आज सोमबार बस्दैछ। संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजे सिंहदरबारमा बस्ने तय भएको छ।
आज बस्ने प्रतिनिधि सभा बैठकका लागि दुईवटा मुख्य कार्यसूची तय गरिएका छन्। बैठकमा पहिलो कार्यसूचीका रूपमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
यसैगरी आगामी आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धी प्रस्तावमाथि प्रारम्भिक छलफल शुरू हुनेछ। सरकारले बजेट ल्याउनुपूर्व संसदमा प्रस्तुत गरेको उक्त प्रस्तावमाथि सांसदहरूले आफ्ना धारणा र सुझावहरू राख्ने क्रम आजैदेखि शुरू हुने संसद् सचिवालयले जनाएको छ।