arrow

संविधान संकटमा, दलहरू आन्तरिक लोकतन्त्रविहीन: टीकाराम भट्टराई [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २ शनिबार
tikaram-bhattrai-advocte-02-02.jpg

काठमाडौँ । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले नेपालको संविधान, न्यायपालिका र राजनीतिक दलहरूको कार्यशैलीप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । 

शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले संविधान निर्माणमा संलग्न शक्तिहरूले नै यसलाई कमजोर पार्ने प्रयास गरिरहेको आरोप लगाए ।

प्रतिनिधि सभाको पहिलो र दोस्रो विघटनपछि संविधानलाई ‘डिरेल’ गर्ने र यसको मर्ममाथि प्रहार गर्ने प्रक्रिया शुरू भएको उनको भनाइ थियो ।

भट्टराईले विगतमा संसद विघटन हुँदा नागरिक र राजनीतिक दलहरू सडकमा उत्रिएको र अदालतले संविधानलाई सही दिशामा ल्याएको स्मरण गरे । तर अहिलेको अवस्था फरक देखिएको भन्दै उनले चिन्ता व्यक्त गरे ।

उनका अनुसार राजनीतिक दलहरू आन्तरिक लोकतन्त्रविहीन बन्दै गएका छन्, जसले नागरिक स्वतन्त्रतामा असर पारेको छ । दैनिक रूपमा अदालतमा बहस गर्ने कानुन व्यवसायी भएर पनि यस्तो भन्नुपर्दा आफूलाई दुःख लागेको उनले बताए ।

उनले अदालतको वर्तमान अवस्थाप्रति असन्तुष्टि जनाउँदै विगतमा जस्तो संविधानलाई ट्र्याकमा ल्याउने हिम्मत अहिले नदेखिएको टिप्पणी गरे । अदालत भय र त्रासको वातावरणमा चलेको अनुभूति भएको उनको भनाइ थियो ।

भट्टराईले राजनीतिक दलहरूलाई ‘प्राइभेट लिमिटेड कम्पनी’ जस्तो बन्न थालेको आरोप लगाउँदै विचार र सामूहिक निर्णय कमजोर हुँदै गएको निष्कर्ष निकाले ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ