arrow

भारतको थोक मुद्रास्फीतिमा वृद्धि

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २ शनिबार
india-trade-deal-fta-feb-2026.jpg

नयाँदिल्ली । भारतको थोक मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति (थोक मुद्रास्फीति) यस वर्षको अप्रिल महिनामा बढेर ८.३ प्रतिशत पुगेको छ । 

भारतको केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कले यस्तो देखाएको हो । मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार अप्रिल महिनामा देखिएको यो वृद्धि मुख्यतया खनिज तेल, कच्चा पेट्रोलियम तथा प्राकृतिक ग्याँस, आधारभूत धातु, अन्य उत्पादनमूलक क्षेत्र र गैर–खाद्य वस्तुहरूको मूल्यमा भएको बढोत्तरीका कारण भएको हो । 

थोक बजारको मूल्य स्थितिलाई मापन गर्ने यो सूचकाङ्क मुख्यतया विश्वव्यापी बजारमा वस्तुहरूको मूल्यमा आउने उतारचढावका कारण प्रभावित हुने गर्दछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ