गगन थापाले सर्लाहीका विपन्न छ स्कूले विद्यार्थीलाई मिलाए निःशुल्क अध्ययनको व्यवस्था
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १ शुक्रबार
1.9k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाहीका बलरा नगरपालिका, गोडैता नगरपालिका र धनकौल गाउँपालिकाका ६ जना स्कूले विद्यार्थीलाई निःशुल्क पढाउने व्यवस्था गरेका छन् ।
भाइबहिनीहरूको पढाइलाई निरन्तरता दिन ललितपुरमा कक्षा १० सम्म छात्रावाससहित पूर्ण निःशुल्क अध्ययनको व्यवस्था मिलाइएको सभापति थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
क्षमता भएर पनि आर्थिक अभावका कारण धेरै दलित तथा विपन्न परिवारका बालबालिकाको पढाइ बीचमै रोकिने अवस्था दुःखद यथार्थ बनेको भन्दै सर्लाही ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहेका थापाले यही अवस्थालाई थोरै भए पनि बदल्ने उद्देश्यले यो पहल गरिएको जानकारी दिएका छन् ।
यो सम्भव बनाउन साथ दिने सम्पूर्ण सहयोगीलाई उनले धन्यवाद दिएका छन् । यस्ता कार्यहरूलाई आगामी दिनमा पनि निरन्तर रूपमा अघि बढाउँदै जाने सभापति थापाले उल्लेख गरेका छन् ।