मध्यपूर्वको तनाव अन्त्यका लागि इरानले गर्यो चीनको मध्यस्थतालाई स्वागत
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १ शुक्रबार
1.2k
Shares
काठमाडौँ । इरानका विदेशमन्त्री अब्बास अराघचीले मध्यपूर्वमा जारी द्वन्द्व समाधानका लागि चीन लगायत अन्य प्रभावशाली राष्ट्रहरूको मध्यस्थतालाई इरानले स्वागत गर्ने बताका छन्।
ब्रिक्स समूहको बैठकका सिलसिलामा नयाँदिल्लीमा पत्रकारहरूसँग कुरा गर्दै उनले कूटनीतिक प्रयासमा सहयोग गर्न सक्ने कुनै पनि देशको पहल स्वीकार्य हुने स्पष्ट पारे।
विशेषगरी चीनसँग इरानको रणनीतिक साझेदारी रहेको र चिनियाँ पक्षको मनसाय सकारात्मक रहेकाले उनीहरूको मध्यस्थतालाई इरानले सकारात्मक रूपमा लिने उनको भनाइ छ।
यसैबीच विदेशमन्त्री अराघचीले वासिङ्टनबाट वार्तालाई निरन्तरता दिन अमेरिका इच्छुक रहेको सन्देश पुनः प्राप्त भएको खुलासा गरे।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको वार्तापछि चीनले ‘स्ट्रेट अफ हर्मुज’ खुला गर्न सहयोग गर्ने र इरानलाई सैन्य सहयोग नपठाउने प्रतिबद्धता जनाएको बताएको भोलिपल्टै इरानी विदेशमन्त्रीको यो प्रतिक्रिया आएको हो।
इरान र अमेरिकाबीचको अविश्वासका कारण मध्यस्थताको मार्ग कठिन भए तापनि पाकिस्तानले गरिरहेको प्रयास अझै असफल नभएको र इरान कूटनीतिक समाधानका लागि तयार रहेको उनले उल्लेख गरे।