arrow

दही मही लिएर आइन् सञ्चारकर्मी ईश्वरी बराल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १ शुक्रबार
dahi-mahi-ishwari-baral.jpg

काठमाडौँ । संचारकर्मसँगै संगीत क्षेत्रमा प्रवेश गरेकी गायिका ईश्वरी बरालको नयाँ गीत ‘दही दिन्छु मही दिन्छु’ सार्वजनिक भएको छ।

ठाडो भाका र झ्याउरेको फ्युजन गरिएको लोकलयमा आधारित गीत ईश्वरी बराल युट्यूब च्यानलमार्फत सार्वजनिक भएको हो ।

गीतमा दिपक शर्माको शब्द र संगीत रहेको छ। अनामनगरस्थित ओएभ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको एरेन्ज सविन सुवेदीले गरेका हुन् भने मिक्सिङ, मास्टरिङ नरेन्द्र वियोगीको रहेको छ।

म्युजिक भिडियोको निर्देशन केशवराज भट्टले गरेका हुन् । भिडियोमा सुरेश कोली, शेखर घर्ती मगर, तिर्सना बराइली र बरालले नृत्य तथा अभिनय गरेका छन् ।

भिडियोमा कोरियोग्राफी पनि भट्टले नै गरेका हुन् । सहायक कोरियोग्राफर नविन पौडेल रहेका छन् । लोक पप, आधुनिक र र्याप गीत गाउँदै आएकी बरालको लोकलयमा आधारित यो पहिलो गीत हो । 

उनका यसअघिका नरिसाउन होइ, खानदानी छोरी, माया छकि छैन, नैना रेसमलगायत गीत चर्चामा छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ