जङ्गली च्याउ खाँदा बालिकाको मृत्यु, एकै परिवारका अन्य दुई गम्भीर
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १ शुक्रबार
440
Shares
तस्बिर फाइल
काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङमा जङ्गली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ भने एकै परिवारका अन्य दुई जना गम्भीर बिरामी परेका छन्।
जङ्गली च्याउ खाँदा ६ वर्षीया नमुना चेपाङको आज बिहान घरमै मृत्यु भएको हो। उनी हात्तीबाङस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत थिइन्। गत मङ्गलबार च्याउ खाएका उनीहरू बिरामी हुँदा पनि घरमै बसिरहेका थिए। आज बिहान नमुनाको मृत्यु भएपछि मात्रै गाउँलेहरूले घटनाबारे थाहा पाएका थिए।
च्याउ खाएर गम्भीर बिरामी परेका सजन चेपाङ र मनिता चेपाङलाई गाउँलेहरूको सहयोगमा भरतपुर अस्पताल ल्याइएको छ। अस्पतालका वरिष्ठ फिजिसियन डा. प्रमोद पौडेलका अनुसार १२ वर्षीया मनिताको अवस्था निकै गम्भीर छ र उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
बच्चाहरूसँगै च्याउ खाएका बुबा श्यामबहादुर र आमा पदममाया चेपाङलाई पनि अस्पताल ल्याउने तयारी भइरहेको छ। ठूला मानिसमा च्याउको विषालु लक्षण ढिलो देखिन सक्ने भएकाले उनीहरूलाई पनि चिकित्सकको निगरानीमा राख्न लागिएको हो।