arrow

बालेनले वाग्लेलाई दिए काठमाडौँ विश्वविद्यालयको जिम्मेवारी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १ शुक्रबार
kathmandu-university.jpg

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयु) को रिक्त उपकुलपति पदको दैनिक कार्य सञ्चालन गर्ने जिम्मेवारी प्राध्यापक ऋषिकेश वाग्लेले प्राप्त गरेका छन्।

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति वालेन्द्र साह (बालेन) ले गत वैशाख ३० गतेको निर्णयानुसार वाग्लेलाई यो जिम्मेवारी तोकेका हुन्। वाग्ले काठमाडौँ विश्वविद्यालयको कानुन सङ्कायका पूर्वडीन हुन्। 

केयुका अनुसार उनले आजैदेखि विश्वविद्यालय पुगेर आफ्नो कार्यभार समेत सम्हालेका छन्।

उपकुलपति पद रिक्त भएपछि विश्वविद्यालयका प्रशासनिक तथा प्राज्ञिक कार्यहरू प्रभावित नहुन् भन्ने उद्देश्यले कुलपतिबाट यो अस्थायी जिम्मेवारी तोकिएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ