arrow

ओरेण्टल सहकारीका ऋणीको तीन पुस्ते सार्वजनिक

ऋण चुक्ता नगरे कानूनीी कारबाही हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १ शुक्रबार
cooperative-sahakari-bank.jpg

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ओरेण्टल को–अपरेटिभका ऋणीहरूको विवरण सार्वजनिक गरेको छ।

समितिले उक्त सहकारीका २ सय ८४ जना ऋणीहरूको तीन पुस्ते सहितको नामावली सार्वजनिक गर्दै ऋण चुक्ता गर्न कडा निर्देशन दिएको हो।

कार्यालयले जारी गरेको सूचना अनुसार समस्याग्रस्त घोषित ओरेण्टल सहकारीबाट ऋण लिएका व्यक्तिहरूलाई यथाशीघ्र सावाँ र ब्याज बुझाउन भनिएको छ। तोकिएको समयभित्र ऋण चुक्ता नगरेमा कानूनी बमोजिम कडा असुली प्रक्रिया अगाडि बढाइने र कानूनीी कारबाही गरिने चेतावनी समेत दिइएको छ।

सहकारी पीडितहरूको बचत फिर्ता गर्ने प्रक्रियालाई तीव्रता दिन समितिले ऋणीहरूबाट रकम असुल गर्ने कार्यलाई प्राथमिकतामा राखेको देखिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ