arrow

विपक्षीको अवरोध र बहिष्कारका बीच नीति तथा कार्यक्रम बहुमतले पारित [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १ शुक्रबार
dp-aryal-30.jpg

काठमाडौँ । प्रतिनिधि सभाले आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। बिहीबार बसेको सदनको बैठकमा प्रमुख प्रतिपक्षी र अन्य विपक्षी दलहरूको कडा अवरोध तथा बहिष्कारका बीच यो कार्यक्रम पारित भएको हो।

बैठकमा प्रधानमन्त्री वालेन्द्र साहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले सदन अवरुद्ध पारेका थिए। प्रधानमन्त्री जवाफ दिन उपस्थित नभएको भन्दै नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बैठक बहिष्कार गरी बाहिरिएका थिए।

अर्कोतर्फ, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरूले बेल घेराउ गर्दै उभिएर विरोध प्रदर्शन जारी राखेका थिए।

विपक्षीको अवरोध र अन्य दलको बहिष्कारका बीच सभामुख डोलप्रसाद अर्यालले सदनको कारबाही अगाडि बढाएका थिए। उनले नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरेपछि सत्तापक्षीय सांसदहरूको बहुमत समर्थनको आधारमा कार्यक्रम पारित भएको घोषणा गरे।

सदनबाट नीति तथा कार्यक्रम पारित भएसँगै सरकारलाई आगामी आर्थिक वर्षको बजेट निर्माण र कार्यान्वयनका लागि कानुनी एवं नीतिगत मार्ग प्रशस्त भएको छ। यो कार्यक्रममा सरकारले आफ्ना प्राथमिकता र आगामी वर्षका मुख्य कार्ययोजनाहरू समावेश गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ