यान दुर्घटना वा कुनै अन्य कारणले विशिष्ट व्यक्तिको निधन हुन सक्ने
ज्यो हरि पन्त,
प्रकाशित २०८३ जेठ १ शुक्रबार
647
Shares
मासिक भविष्यफल
२०८३ सालको जेठ महिनाको जागतिक स्थिति मध्यम छन्। सामान्य जनमानसलाई केही असहजताकाे अनुभूति हुनेछ। बजार भाउमा केही कमि आउनेछ। वृष राशिका सूर्यका प्रभावले सुनचाँदी, जौ, चना, गुड, घीउ, तील, तेल, आलसी, सुती, सुन आदि वस्तुको भाउ भने तेज रहने देखिन्छ ।
एकादश भावको शनि राज्यको आयमा प्रबल र निर्णायक हुनेछ । केही सकारात्मक वातावरणको आभास गराउनेछ । तर शासकवर्गको मतभिन्नताले जनताले दु:ख पाउनेछन् ।
यान दुर्घटना वा कुनै अन्य कारणले विशिष्ट व्यक्तिको निधन हुन सक्छ। वायु बतासको प्रकोप तथा वर्षाविषमता भए पनि ३, ७, ११, २१, २४, २९ र मसान्तमा मेघबादल र जल वर्षाको योग रहेको छ।
साथै यस महिनामा दही, भातका साथै गर्मी याममा हितकर वस्तुहरू पंखा, छाता, आदिको दान, वरपिपलको चौतारी निर्माण, पिपलमा जलार्पण गर्नाले वंश वृद्धि हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ ।
मासिकफल
मेषः २०८३ सालको ज्येष्ठ महिनामा सूर्यको गोचर तपाईंको राशिबाट दोस्रो भावमा हुनेछ । तपाईंका लागि यो समय राम्रो रहन सक्छ । यो समयमा तपाईंको आम्दानी बढ्न सक्छ । कार्यालयमा उच्च तहका कर्मचारीले सहयोग र समर्थन गर्नेछन् । तपाईंले नयाँ रोजगारी पाउने वा नयाँ व्यवसाय प्रारम्भ गर्ने परिस्थितिसमेत बन्नसक्छ ।
हरेक प्रयासमा कुनै न कुनै लाभ मिल्ने हुँदा मन प्रशन्न रहने छ । गरेका प्रयासमा चौतर्फी उन्नति हुने भएकाले समाजमा तपाईंको इज्जत र प्रतिष्ठामा अझ वृद्धि हुनेछ । परीक्षा, प्रतियोगिताको तैयारी गरिरहेका जातकका लागि यो महत्वपूर्ण समय हो । यस पटकको मिहिनेतले नयाँ जागीर तपाईंको हातमा आउने छ । स्वयं आफैंले वा जीवन साथीले बढुवा र प्रशंसा पाउने योग छ । यस समयमा गरिएका कारोबार सफल हुनेछन् । पारिवारिक जीवन पनि राम्रो रहन सक्छ र परिवारको साथ सहयोग मिल्न सक्छ । आय आर्जनका मार्गमा सुधार आउने छ ।
यस्तै, धन आर्जनमा वृद्धि, विरोधीपक्ष परास्त हुनेछन् । फलाम, छालासम्बन्धी कार्य गर्नेलाई लाभ रहनेछ । विद्यार्थीमा लाभ दायक समय हुनेछ । कला सङ्गीतमा लाभ रहेको छ । यन्त्रतन्त्र मन्त्रसम्बन्धी कार्य गर्नेलाई शुभ रहेको छ । धनधान्य वृद्धि रहनेछ । दाजुभाइ सित शुभ रहनेछ । वैदेशिक क्षेत्र शुभ रहनेछ । धन लाभ हुने देखिन्छ । सन्तानबाट लाभ रहनेछ । यात्रामा लाभ, धार्मिक यात्रामा सरिक हुनेछ । प्रेममा सफलता रहनेछ । सरकारी पदमा रहनेलाई शुभ रहनेछ ।
राजनीतिक क्षेत्रमा रहनेहरूलाई लाभ रहनेछ । कारोबार गर्दा सावधानी अपनाउनु पर्ने देखिन्छ । आइतबारको दिन सूर्यलाई जल चढाउँदा शुभ रहनेछ । सेना, पुलिस, होटेल, आगोसम्बन्धी कार्य गर्नेलाई नोक्सान रहेको छ । चोटपटक लाग्न सक्नेछ । मावलीपक्षबाट नोक्सान बेहोर्नु पर्नेछ । हनुमान चालिसा पढ्ने गर्दा शुभ रहनेछ । शुभ रङ्ग रातो, शुभ दिशा पश्चिम, शुभ अङ्क १ रहेको छ । यो माहिनाभरी हनुमानजीको दर्शन गरेर हरेक दिनको प्रारम्भ गर्दा राम्रो हुनेछ ।
वृषः २०८३ सालको ज्येष्ठ महिनामा सूर्यको गोचर तपाईंको राशिमा तेस्रो अर्थात् लग्नमा हुनेछ । यो समय तपाईंको लागि राम्रो रहन सक्छ । व्यवसायीले आफ्नो व्यापारिक क्षेत्रमा उन्नति गर्ने समय छ । यस अवधिमा तपाईंको मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ। भविष्यलाई दृष्टिमा राखी तपाईंले कतिपय विषयमा महत्वपूर्ण र साहसी निर्णय लिने महिना पनि हो ।
व्यापारीहरूले राम्रो मुनाफा कमाउने समय हो । कमाएको धन सञ्चित हुन सक्छ । रोकिएका कामहरु पनि यो समयमा पूरा हुन सक्छन् । विद्यार्थीले चाहेको उपलब्धी हासिल गर्न सक्ने समय हो । समग्रमा यो महिना अत्यन्त क्रियाशील र व्यस्त रहने महिना रहनेछ । मातापिता र वरिष्ठ व्यक्तित्वको सहयोग र सद्भाव मिल्नेछ । यस अवधिमा गरिएको कडा मिहिनेत र परिश्रमको राम्रो परिणाम पाउन सक्नु हुनेछ ।
यस्तै, आँट हिम्मत बढ्ने छ । दाजुभाइ बिचमा सम्बन्धमा सुधार रहनेछ । फसेका धन प्राप्त हुनेछ । सरकारी क्षेत्रमा रहनेलाई लाभ, राजनीतिकमा पनि लाभ रहेको छ । रोगबाट डर हुनेछ । बुवा आमाको स्वास्थ्यमा खराब हुनेछ । हातहतियारबाट चोटपटक लाग्न सक्नेछ । आकस्मिक धनलाभ हुनेछ । विद्यार्थीवर्गका लागि अध्ययनमा कडा मिहिनेत गर्नु पर्नेछ । प्रेस तथा पत्रकारितासम्बन्धी कार्यबाट लाभ हुनेछ । बैदिक कार्यमा लाभ हुनेछ । आभूषण तथा भोगविलाससम्बन्धी कार्यबाट लाभ हुनेछ । कालो शुभ रङ्ग, शुभ दिशा दक्षिण रहेको छ । यो महिनाभरी देवी दुर्गाको दर्शन गरेर हरेक दिनको प्रारम्भ गर्दा राम्रो हुनेछ ।
मिथुनः २०८३ सालको ज्येष्ठ महिनामा सूर्यको गोचर तपाईंको राशिबाट चौथो भावमा हुनेछ । शरीरमा उत्साह र ऊर्जा रहनेछ भने मानसम्मान र प्रतिष्ठामा वृद्धि हुन सक्छ । भाग्यले राम्रो साथ दिन सक्छ । कार्यक्षेत्र र व्यापारको क्षेत्रमा पनि सकारात्मक समय हुनेछ । विदेश यात्रा वा वैदेशिक प्रयोजनका कामबाट फाइदा हुनेछ । यो सामाजिक गतिविधि, परोपकारी काम र दानधर्मको समय पनि हो । सामाजिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा रुचि हुनेछ ।
अध्ययन अध्यापनमा रुचि बढ्नेछ, परीक्षा, प्रतियोगिता र प्रतिस्पर्धामा सफल हुन सकिन्छ । उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने देखिन्छ । विश्वासको वातावरण बन्नाले व्यावसायिक एवं रोजगारीका क्षेत्रमा सफलता आर्जन हुनेछ । धन आर्जनका दृष्टिले राम्रै समय छ । पिताको स्वास्थ्यमा समस्या आउन सक्छ । दैनिक खर्चमा वृद्धि हुन सक्छ ।
यस्तै, शुक्र दोस्रो भावमा हुँदा भोगविलास, राजनीतिक क्षेत्रमा लाभ हुनेछ । धन धान्यबृद्धि हुनेछ । पर्यटन, कलाकारिता क्षेत्रमा रहेकालाई लाभ हुनेछ । बोलीको प्रभावबाट धनलाभ हुनेछ ।
महिनाको पहिलो हप्तापछि बुध ग्रहको प्रभावको कारणले धनलाभ हुनेछ । बोल्दा कम बोल्नुका साथै सावधानी अपनाउनु पर्ने देखिन्छ । दाजुभाइ बिचमा सम्बन्धमा सुधार हुनेछ । विरोधीपक्षबाट सावधानी, वैदेशिक कार्यबाट लाभ हुनेछ । सेना, पुलिससम्बन्धी कार्य गर्नेले सावधानी अपनाउनु पर्नेछ । धार्मिक कार्यमा खर्च बढ्ने देखिन्छ । विद्यार्थीवर्गले सावधानी अपनाउनु पर्ने देखिन्छ । शुभ रङ्ग पहेँलो, शुभ दिशा उत्तर रहेको छ । यो महिनामा भगवान गणेशलाई दुवो अर्पण गरेर हरेक दिनको प्रारम्भ गर्दा राम्रो हुनेछ ।
कर्कटः २०८३ सालको ज्येष्ठ महिनामा सूर्यको गोचर तपाईंको राशिबाट पाँचौ भावमा हुनेछ । कार्यक्षेत्रमा सफलता प्राप्त हुन सक्छ भने सामाजिक क्षेत्रमा ईज्जत तथा प्रतिष्ठा बढ्नेछ । धनसम्पत्तिको सञ्चय गर्ने मानसिकता बन्नेछ, तर आर्थिक दृष्टिले यस अवधिमा लाभ लिन धेरै संघर्ष गर्नु आवश्यक देखिन्छ । दीर्घकालिक लगानी र कारोबारप्रति सचेतता अपनाउनु आवश्यक छ ।
सरकारी काम वा उच्च अधिकारीहरूसँगको भेटघाटले केही मुनाफा कमाउने अवसर प्राप्त हुनेछ । सूर्यको यस गोचरको प्रभावले विद्यार्थीहरुले राम्रो नतिजा प्राप्त गर्नेछन । यो महिना प्रेम जीवन र दाम्पत्य सम्बन्धमा उतारचढावका सम्भावना देखिन्छन् । व्यापार र पेशागत जीवनमा पनि शुभफल र सन्तोषजनक परिणाम प्राप्त हुनेछ । यो महिना तपाईको बोलीमा कडापन देखिने छ, त्यसैले यो कुरामा ध्यान दिनु आवश्यक छ ।
यसै अवधिमा आवेग, क्रोध र अहंकार पनि बढ्ने खतरा छ, शारीरिक तनाव र बोझ बढ्नाले मन विचलित हुनसक्छ, सचेत रहनु उत्तम हुनेछ । यस्तै, राज्यपक्षबाट अपमान हुनेछ । तेल, ग्यास, फलाम, खनिजसम्बन्धी कार्य गर्नेलाई नोक्सान हुनेछ । सन्तानबाट असन्तुष्ट हुनेछ । अध्ययनमा अवरोध, प्रेममा अवरोध हुनेछ । फलाम तथा माटोसम्बन्धी कार्य गर्नेलाई हानी नोक्सानी बेहोर्नु पर्नेछ । मनमा नकारात्मक कुरा उत्पन्न हुन सक्नेछन् । सूर्यको आराधना गर्दा अझ राम्रो हुनेछ । विद्यार्थी वर्गमा लाभ रहनेछ । सामाजिक क्षेत्रमा लाभदायक नै रहनेछ । शुभ रङ्ग सेतो, शुभ दिशा पूर्व रहेको छ । यो महिनाभरी भगवान शिवलाई जल अर्पण गरेर हरेक दिनको प्रारम्भ गर्दा राम्रो हुनेछ ।
सिंहः २०८३ सालको ज्येष्ठ महिनामा सूर्यको गोचर तपाईंको राशिबाट छैठौँ भावमा हुनेछ । अवसर प्राप्त हुनेछ । घरपरिवारको साथ र सहयोग प्राप्त हुनेछ । आर्थिक पक्ष पनि मजबूत नै रहने छ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ । लक्ष्य प्राप्त गर्न प्रयास गर्दा सफलता मिल्नेछ । आवश्यकताभन्दा बढी आत्मविश्वासको सिर्जना हुनेछ जसले तपाईंमा अहंकारको भावना पनि विकसित हुनसक्छ । स्वास्थ्यमा सामान्य उतारचढाव आउन सक्छ । यस्तै, सरकारी क्षेत्रमा रहेकालाई सामान्य रहेको छ ।
वैदेशिकसम्बन्धी कार्य शुभ रहेको छ । आमासंँग सुख प्राप्त रहनेछ । चोट पटकको सम्भावना रहेको छ । होटेलसम्बन्धी कार्य गर्नेलाई सामान्य रहेको छ । प्रेममा सफलता रहेको छ । विद्यार्थी वर्गलाई महिनाको शुरूमा लाभ रहेता पनि अन्त्यतिर केही खराब हुनेछ । प्रेस तथा पत्रकारितासम्बन्धी कार्य गर्नेलाई लाभ रहेको छ । विरोधीपक्षबाट पीडा रहेको छ । भोग विलाससम्बन्धी कार्य गर्नेलाई महिनाको शुरुआतीमा राम्रो, महिनाको अन्त्यतिर खराब रहेको छ ।
यो समय तपाईंको लागि राम्रो रहन सक्छ । व्यवसायीले आफ्नो व्यापारिक क्षेत्रमा उन्नति गर्ने समय छ । यस अवधिमा तपाईंको मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । भविष्यलाई दृष्टिमा राखी तपाईंले कतिपय विषयमा महत्वपूर्ण र साहसी निर्णय लिने महिना पनि हो । व्यापारीले राम्रो मुनाफा कमाउने समय हो । कमाएको धन सञ्चित हुन सक्छ । रोकिएका कामहरू पनि यो समयमा पूरा हुन सक्छन् । विद्यार्थीले चाहेको उपलब्धी हासिल गर्न सक्ने समय हो ।
समग्रमा यो महिना अत्यन्त क्रियाशील र व्यस्त रहने महिना रहनेछ । मातापिता र वरिष्ठ व्यक्तित्वको सहयोग र सद्भाव मिल्नेछ । यस अवधिमा गरिएको कडा मिहिनेत र परिश्रमको राम्रो परिणाम पाउन सक्नु हुनेछ ।
यस्तै, आँट हिम्मत बढ्ने छ । दाजुभाइ बिचमा सम्बन्धमा सुधार रहनेछ । फसेका धन प्राप्त हुनेछ । सरकारी क्षेत्रमा रहनेलाई लाभ, राजनीतिकमा पनि लाभ रहेको छ । रोगबाट डर हुनेछ । बुवा आमाको स्वास्थ्यमा खराब हुनेछ । हातहतियारबाट चोटपटक लाग्न सक्नेछ । आकस्मिक धनलाभ हुनेछ । विद्यार्थीवर्गका लागि अध्ययनमा कडा मिहिनेत गर्नु पर्नेछ । बैदिक कार्यमा लाभ हुनेछ । आभूषण तथा भोगविलाससम्बन्धी कार्यबाट लाभ हुनेछ । शुभ रङ्ग रातो, शुभ दिशा पश्चिम रहेको छ । यो महिनाभरी गायत्री मन्त्रको जप गरेर हरेक दिनको प्रारम्भ गर्दा राम्रो हुनेछ ।
कन्याः २०८३ सालको ज्येष्ठ महिनामा सूर्यको गोचर तपाईंको राशिबाट सातौं भावमा हुनेछ । यो महिना विदेश जान चाहनेहरूको काम पूरा हुन सक्छ भने विदेशमा रहने व्यक्तिहरुले केहि सफलता वा प्रगति गर्ने सामान्य सम्भावना रहन्छ। यो महिना वैवाहिक जीवन र प्रेमसम्बन्धका लागि सामान्य समय छ ।
छात्र-छात्राले शैक्षिक उद्देश्यले वैदेशिक यात्राका निमित्त प्रयास गर्ने समय हो । छैटौं भावमा सूर्यको पूर्णदृष्टि हुने भएकाले यस अवधिमा मुद्दामामिला वा झै-झगडाजस्ता क्षेत्रमा विजय प्राप्त हुनसक्छ भने शत्रुहरूमाथि प्रभुत्व जमाउन सक्ने सम्भावना छ । अनावश्यक खर्चमा नियन्त्रण गर्नुपर्छ । यस अवधिमा क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु राम्रो हुन्छ । टाउको दुख्ने वा ज्वरोजस्ता समस्याले दुःख दिनसक्छ । पारिवारिक तथा प्रेम जीवनमा पनि केहि असमझदारी तथा झगडाहरुको सम्भावना रहेकाले मिलेर समझदारीमा रहनुपर्छ ।
यस्तै, सन्तानबाट सुख रहेको छ । शारीरिक सुख प्राप्त हुनेछ । अध्ययनमा शुभ रहेको छ । सन्तानलाई खर्च रहने छ । शृङ्गारिक सम्बन्धी कार्यबाट लाभ रहेको छ । विरोधीपक्ष धेरै रहने छन् । सेना पुलिससम्बन्धी कार्य गर्नेलाई सावधानी रहनुपर्ने देखिन्छ । सूर्यको आराधना गर्नु पर्ने देखिन्छ । विद्यार्थी वर्गमा अध्ययनमा सफलता प्राप्त हुनेछ । राज्यपक्षबाट मान सम्मान मिल्ने देखिन्छ । महिनाको शुरुआतीमा आर्थिक श्रोत प्रशस्त मात्रामा देखा पर्नेछन् । राजनीतिक क्षेत्रमा रहेकाहरुलाई शुभ फल प्राप्त रहने देखिन्छ । सन्तानदेखि शुभ समाचार सुन्न पाइनेछन् । शुभ रङ्ग हरियो, शुभ दिशा दक्षिण रहेको छ । यो महिनाभरी गायत्री मन्त्रको जप गरेर हरेक दिनको प्रारम्भ गर्दा राम्रो हुनेछ ।
तुलाः २०८३ सालको ज्येष्ठ महिनामा सूर्यको गोचर तपाईंको राशिबाट अष्टम भावमा हुनेछ । यस गोचरको प्रभावले तपाईंमा आत्मबल तथा हिम्मत बढ्नेछ । पराक्रम र प्रसिद्धिमा वृद्धि हुनेछ । यात्रा फलदायी रहन सक्छन् । पारिवारिक जीवन सुखद् रहनेछ । सामाजिक र परोपकारी काममा सहयोेग लिन र दिन सकिनेछ । व्यक्तिगत सम्बन्धहरूमा सुधार हुनेछ, आत्मिक आनन्द र सुखको अनुभूति गर्न पाउनु हुनेछ । कार्यक्षेत्रमा उन्नति प्रगतिको अवसर मिल्नेछ ।
धार्मिक क्रियाकलापमा रूचि बढ्ने छ । दान र सहयोग गर्न केही रकम खर्च गर्नुपर्ने हुन्छ । पारिवारिक तथा प्रेम जीवन सामान्य रहन सक्छ । तर भाइबहिनीसँग मनमुटाव हुन सक्ने समय हो, त्यसैले पारिवारिक विवाद र कलहमा सामन्जस्यको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । लक्ष्य प्राप्तिका लागि कडा मिहिनेत गर्ने समय आएको छ, बहुप्रतीक्षित इच्छा, आकांक्षा र उद्देश्य सफल हुन सक्छन् । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावनासमेत छ ।
यस्तै यस महिनामा पराक्रम वृद्धि हुनेछ । दाजुभाइ, बन्धुबान्धनबाट लाभ हुनेछ । धार्मिक कार्यमा रुची बढ्ने छ । धार्मिक क्षेत्रमा मन लाग्नेछ । मेशिनरी, आगो सम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । शत्रु परास्त हुनेछन् । बुध ग्रहको कारणले आर्थिक लाभ हुनेछ महिनाको अन्तिम तिर । प्रेममा सुधार हुनेछ । लेखन कार्यमा सरिक हुनेलाई लाभ हुनेछ । महिनाको मध्यसम्म अति विपत्ति धन नोक्सान हुनेछ । कला, सङ्गीत, पर्यटन, पत्रकारिता क्षेत्रमा रहनेलाई लाभ हुनेछ । रोगका साथै आकस्मिक धन नोक्सान हुनेछ । सरकारी क्षेत्रमा कार्य गर्नेलाई शत्रुबाट नोक्सान बेहोर्नु पर्नेछ । सूर्य भगवानको आराधना गर्नु पर्नेछ । शुभ रङ्ग गुलाबी, शुभ दिशा पूर्व रहेको छ । यो महिनाभरी हनुमान चालिसाको पाठ गरेर हरेक दिनको प्रारम्भ गर्दा राम्रो हुनेछ । यो महिनाभरी हनुमान चालिसाको पाठ गरेर हरेक दिनको प्रारम्भ गर्दा राम्रो हुनेछ ।
वृश्चिकः २०८३ सालको ज्येष्ठ महिनामा सूर्यको गोचर तपाईंको राशिबाट नवौँ भावमा हुनेछ । सप्तम भाव साझेदारी र दाम्पत्यजीवनसँग सम्बन्धित घर हो । यो महिना तपाईको बोलीमा विशेष प्रभाव हुने र व्यवहारमा कुशलता देखिने समय हो । तपाईंको जीवन साथीले पनि आफ्नो कार्यक्षेत्रमा उन्नति गर्ने समय छ । प्रेम जीवन सामान्य हुनेछ ।
धार्मिक क्रियाकलापमा झुकाव बढ्ने छ । व्यापारमा संलग्नहरूका लागि राम्रो कारोबार हुने महिना छ । समग्रतामा व्यापार र कार्यक्षेत्रमा उल्लेखनीय काम गर्ने महिना छ । यो समयमा कार्यक्षेत्रमा व्यवसायिक साझेदारसँग मतभेद बढ्न सक्छ । त्यस्तै यो मानसिक तनाव र खिन्नता बढ्ने समय भएकाले सानातिना कुरामा चिन्ता र शङ्का गर्नहुदैन । निरङ्कुश बानी र कडापन पनि तपाईंका कमजोरी बन्न सक्छन् । विद्यार्थीले उचित मेहनत गर्दा सफलता प्राप्त गर्न सक्छन् ।
यस्तै, विदेशसम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । विरोधीपक्ष परास्त हुनेछन् । राजनीतिक, गीत सङ्गीत, पर्यटन, डेकोरीसन सम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । महिनाको पहिलो हप्ता पछि बुध ग्रहको प्रभावको कारण धन नोक्सान हुन सक्नेछ । लेखक, पर्यटन, फलाम, शिशा सम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । धार्मिक क्षेत्रमा लाभ हुनेछ । प्रेममा अवरोध हुनेछ । धन हानी हुनेछ ।
सन्ततीबाट हानी ब्यहोर्नुपर्ने छ । सेना, पुलिस, सुरक्षा सम्बन्धी कार्य गर्नेलाई सावधानी अपनाउनु पर्ने देखिन्छ । भौम ग्रहको आराधना गर्नुका साथै ग्रहको पूजा, जप गर्नु पर्दछ । फजुल खर्च बढ्ने देखिन्छ । सरकारी क्षेत्रमा रहनेहरूले सावधानी अपनाउनु पर्नेछ । शुभ रङ्ग सेतो, शुभ दिशा उत्तर रहेको छ । यो महिनाभरी भगवान सूर्यलाई अर्घ दिएर हरेक दिनको प्रारम्भ गर्दा राम्रो हुनेछ ।
धनुः २०८३ सालको ज्येष्ठ महिनामा सूर्यको गोचर तपाईंको राशिबाट छैठौं भावमा हुनेछ । यो महिना तपाईंको लागि फाइदाजनक रहन सक्छ । यो समयमा तपाईंले अचल सम्पत्तिको खरिद गर्ने योजना बनाउन सक्ने सम्भावना देखिन्छ । त्यस्तै जग्गाजमिन वा पैतृक सम्पत्तिसम्बन्धी कुनै झमेला वा विवाद छ भने समस्या समाधान हुनसक्छ । नोकरी र व्यावसायिक जीवनमा सुधार आउने छ ।
प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । मुद्दामामिला वा सरकारी काममा सफलता मिल्नेछ । पछाडि कुरा काट्नेहरू आफैं चुप लाग्नेछन । कुनै विशेष कार्य योजना बनाउँदै हुनुहुन्छ भने गोपनीयतामा जोड दिनुहोला । सरकार, प्रशासन वा अड्डा अदालतका काममा सफलता मिल्नेछ । तर छैटौं भाव झगडा र रोगको घर भएकाले समय अनुकूल नै भए पनि व्यक्तिगत स्वास्थ्य र आहारविहारमा सचेतता अपनाउनु जायज हुनेछ । रिस र आवेगमाथि भने कन्ट्रोल गर्नु आवश्यक छ । जीवनसाथीको स्वास्थ्यस्थितिप्रति समेत सचेत हुनु आवश्यक छ ।
यस्तै, यस महिनामा आर्थिक लाभ हुनेछ । ठेकेदारीसम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । धार्मिक क्षेत्रमा समय बित्ने छ । मान्यजनको स्वास्थ्यमा खराब हुनेछ । सरकारी कार्य गर्नेलाई लाभ हुनेछ । विरोधीपक्ष परास्त हुनेछ । शारीरिक सुख प्राप्त हुनेछ । विद्यार्थीवर्गमा लाभ हुनेछ । वैदेशिक कार्यबाट लाभ हुनेछ । औजार सम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । सेना, पुलिस सम्बन्धी कार्य गर्ने लाई लाभ हुनेछ । सरकारीपक्षबाट लाभ हुनेछ । प्रेममा सफलता हुनेछ । प्रेस तथा पत्रकारिता क्षेत्रमा लाग्नेलाई लाभ हुनेछ । कार्यमा सफलता प्राप्त हुनेछ । भोगविलास सम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । प्रेममा सफलता हुनेछ । यात्राको अवसर प्राप्त हुनेछ । शुभ रङ्ग सेतो, शुभ दिशा पश्चिम रहेको छ । यो महिनाभरी भगवान विष्णुलाई तुलसीदल अर्पण गरेर हरेक दिनको प्रारम्भ गर्दा राम्रो हुनेछ ।
मकरः २०८३ सालको ज्येष्ठ महिनामा सूर्यको गोचर तपाईंको राशिबाट दशौं भावमा हुनेछ। यो महिना तपाईंको कार्यक्षेत्र र व्यापारमा उन्नति हुन सक्छ । मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । आम्दानीमा वृद्धि हुनेछ, तर महत्वाकांक्षा बढ्नाले सन्तुष्टि भने नहुन सक्छ । यो नयाँ व्यवसाय सुरू गर्न चाहनेहरूका लागि पनि अनुकूल समय छ । सरकारी काम वा सरकारसम्बद्ध क्रियाकलापमा संलग्न व्यक्तिले राम्रो कमाइ गर्ने समय आएको छ ।
यस अवधिमा विद्यार्थीका लागि केही समस्या उत्पन्न हुने समय छ, पढाइलेखाइ र बौद्धिक क्रियाकलापका लागि उचित समय व्यवस्थापन गर्न आवश्यक छ । अन्यथा पछाडि परिनेछ । पेश वा व्यवसायमा फेरबदल गर्ने चाहना हुनेले यो महिना गरेको प्रयास लाभदायी हुनेछ । स्वास्थ्य पनि उचित ध्यान दिनु आवश्यक छ । गृहस्थीहरूका लागि छोराछोरीको चिन्ताले सताउने समय छ । बालबच्चाको खानपिन र स्वास्थ्यस्थितिप्रति सचेत हुनुपर्छ । प्रेम प्रसंगका लागि यो त्यत्ति राम्रो महिना देखिंदैन । प्रेम जीवनमा उतारचढाव आउनेछ । आफ्नो सम्बन्ध प्रति जिम्मेवार बन्नु आवश्यक छ ।
यस्तै, यो महिनामा कार्यमा सिद्धि हुनेछ । आँट हिम्मत बढ्ने देखिन्छ । पैतृक सम्पत्तिबाट लाभ हुनेछ । राजनीतिक क्षेत्रमा रहनेलाई लाभ हुनेछ । तेल, फलामसम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । सरकारी कार्यमा रहनेलाई लाभ हुनेछ । वैदेशिक कार्यमा रहनेलाई लाभ हुनेछ । रोगबाट भय हुनेछ । मेशिनरी सम्बन्धी कार्य गर्नेले अलि सावधानी अपनाउनु पर्नेछ । शत्रु वृद्धि हुनेछन् । सेना, पुलिसमा रहनेले सावधानी अपनाउनु पर्नेछ । रोगबाट भयका साथै धन क्षय हुनेछन् । लेखन कार्य, पत्रकारिता क्षेत्रमा रहने लाई लाभ हुनेछ । सिपलाई प्रयोग गर्नु पर्नेछ । धन प्राप्त हुनेछन् । सुख सुविधा प्राप्त हुनेछ । प्रेममा महिनाको मध्य पछि लाभ छ । विद्यार्थीवर्गमा लाभ रहेको छ । शुभ रङ्ग ध्वाँसे, शुभ दिशा पश्चिम रहेको छ । यो महिनाभरी भगवान भैरवको स्मरण गरेर हरेक दिनको प्रारम्भ गर्दा राम्रो हुनेछ ।
कुम्भः २०८३ सालको ज्येष्ठ महिनामा सूर्यको गोचर तपाईंको राशिबाट ११औँ भावमा हुनेछ । दुर्घटना हुने सम्भावना भएकाले सवारी चलाउँदा, हिँड्दा विचार पुर्याउनु पर्छ । काममा विघ्नबाधा वा ढिलासुस्ती हुन सक्छ भने कुनै परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ताको तैयारी गर्दै हुनुहुन्छ भने अझ बढी मेहनत गर्ने समय हो ।
व्यक्तिगत र पारिवारिक स्वास्थ्यप्रति पनि सचेत हुनु आवश्यक छ । व्यक्तिगत मानसम्मान र प्रतिष्ठा गिराउन शत्रुहरू सक्रिय हुनेछन् । शत्रुले तपाईंका क्रियाकलापमा बाधा उत्पन्न गर्न सक्छन् । त्यस्तै व्यापारमा पनि घाटा हुनसक्छ । यस अवधिमा बोलीमा सचेतता अपनाउनु र विवादबाट जोगिने प्रयास गर्नु उत्तम हुनेछ । स्वास्थ्यस्थितिप्रतिसमेत सचेत भएर खानपान र आहारविहारको अनुशासन पालना गर्नु उत्तम हुनेछ । खर्च बढ्न सक्ने भएकाले खर्चमा नियन्त्रण गर्नुपर्छ ।
यस्तै, शुक्र ग्रहको प्रभावको कारणले सुखका साथै विरोधीपक्ष परास्त हुनेछन् । शारीरिक उमङ्गता बढ्ने छ । श्रृगाङ्गिक सम्बन्धी, भोगविलास, प्रेम, कला, सङ्गीत क्षेत्रमा रहेकालाई शुभ फल दिनेछ । महिनाको पहिलो हप्ता सञ्चित धन नोक्सान हुनेछ । यन्त्र, तन्त्र, मन्त्रको प्रयोग गर्नेलाई लाभ हुनेछ ।
हरियो बोट बिरुवाको कारोबार गर्दा लाभ हुनेछ । पापकर्म बढ्ने देखिन्छ । सेना, पुलिस, मेशिनरीसम्बन्धी कार्य गर्नेलाई सावधानी अपनाउनु पर्ने देखिन्छ । प्रेममा अवरोध रहन्छ । वैदेशिक क्षेत्रमा कार्य गर्नेलाई लाभ हुनेछ । गणेश भगवानको आराधना गर्नु पर्ने देखिन्छ । शरीरको अलि हेरविचार गर्नु पर्ने देखिन्छ । ठेकेदारीसम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । विद्यार्थीवर्गले अलि मिहिनेत गर्नु पर्ने देखिन्छ । शुभ रङ्ग हरियो, शुभ दिशा पूर्व रहेको छ । यो महिनाभरी हनुमान चालिसाको पाठ गरेर हरेक दिनको प्रारम्भ गर्दा राम्रो हुनेछ ।
मीनः २०८३ सालको ज्येष्ठ महिनामा सूर्यको गोचर तपाईंको राशिबाट १२औँ भावमा हुनेछ । आर्थिक पक्ष मजबुत देखिन्छ, व्यवसाय वा नोकरीको सन्दर्भमा वा वैदेशिक प्रयोजनको काममा घरबाहिर जानु पर्ने परिस्थिति बन्नेछ । यो समयावधि व्यावसायिक गतिविधिमा संलग्न व्यक्तिले पर्याप्त लाभ पाउने महिना हुनेछ । आयआर्जनका नयाँनयाँ अवसरहरू मिल्नेछन् ।
भौतिक सामग्री, भोगविलास र सुखसुविधामा वृद्धि हुने समय हो, कमाएको धन सञ्चित गर्न कठिन हुनेछ । सरकारी क्षेत्रमा कार्यरत व्यक्तिका लागि कार्यक्षमता र दक्षतामा बृद्धि हुनेछ । सहकर्मीहरूको समर्थन प्राप्त हुनेछ । सूर्यले प्रदान गर्ने सकारात्मक फल यी भए पनि चतुर्थ भावमा प्रभावले मानसिक चिन्ता बढ्न सक्नेछ ।
मातापिताको स्वास्थ्यस्थिति कमजोर हुन सक्छ । खासगरी पिता वा कार्यक्षेत्रमा उच्च अधिकारीसँग मनमुटाव हुन सक्छ । पेटसम्बन्धी समस्या स्वास्थ्यमा आउन सक्छ । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि सामान्य रहने छ ।
यस्तै, आर्थिक लाभ हुनेछ । सोचेका कार्य पूरा हुनेछ । प्रेममा सफलता रहेको छ । अग्रजबाट लाभ हुनेछ । पराक्रम बढ्ने देखिन्छ । आभूषण सम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । गीत, कला सङ्गीत, क्षेत्रमा रहनेलाई लाभ हुनेछ । घर, जमिनसम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । वैदेशिक क्षेत्रबाट सामान्य लाभ हुनेछ । धन लाभ हुनेछ महिनाको शुरुका दिनमा ।
वाककला सम्बन्धी कार्य गर्ने, फलाम, सिसासम्बन्धी कार्य गर्नेलाई लाभ हुनेछ । खानपिनमा अलि सावधानी अपनाउनु पर्ने छ । विद्यार्थीवर्गमा शुरुका दिनमा शुभ रहेको छ । महिनाको अन्ततिर विद्यार्थीवर्गमा नोक्सान रहेको छ । विरोधीपक्षबाट नोक्सान बेहोर्नु पर्नेछ । कान्ति क्षेत्र हुने देखिन्छ । सूर्य ग्रहको आराधना गर्नु पर्नेछ । धातु, शिशा, मोबाइलसम्बन्धी कार्य गर्नेले सावधानी अपनाउनु पर्नेछ । शुभ रङ्ग सेतो, शुभ दिशा उत्तर रहेको छ । यो महिनाभरी भगवान शिवको दर्शन गरेर हरेक दिनको प्रारम्भ गर्दा राम्रो हुनेछ ।