फोनपोइन्ट्सको '२.२ उत्सव' सुरु: मात्र २ पोइन्टमा उपहारको वर्षा
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३१ बिहिबार
386
Shares
काठमाडौँ। नेपालको पहिलो र अग्रणी डिजिटल रिवार्ड्स प्लेटफर्म 'फोनपोइन्ट्स') ले आफ्नो बहु प्रतीक्षित '२.२ उत्सव' घोषणा गरेको छ। आगामी जेठ २ गतेदेखि आधिकारिक रूपमा सुरु हुने यो उत्सवलाई यस वर्षकै सबैभन्दा ठूलो र वृहत् ‘रिवार्ड फेस्टिभल’ का रूपमा हेरिएको छ।
यस उत्सवको मुख्य विशेषता भनेको यसको सहजता र पहुँच योग्यता हो, जहाँ प्रयोगकर्ताहरूले मात्र २ पोइन्ट खर्च गरेर विभिन्न आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन्।
के-के छन् मुख्य आकर्षण?
यस '२.२ उत्सव' अन्तर्गत खाना, जीवनशैली, भ्रमण तथा मनोरञ्जनका क्षेत्रमा विशेष अफरहरू सार्वजनिक गरिएका छन्। प्रयोगकर्ताहरूले 'पोइन्ट्स गेम' मार्फत निम्न पुरस्कारहरू जित्ने अवसर पाउनेछन्:
हुण्डाई वाशिङ मेसिन
बेटर ५० लिटरको रेफ्रिजेरेटर र इन्डक्सन चुलो
टाइटन पुरुष घडी
कम्पनीका अनुसार प्रयोगकर्ताको दैनिक खर्चलाई थप लाभदायक र उत्साहजनक बनाउन एक कप कफीदेखि विलासी जीवनशैलीसँग सम्बन्धित सामग्रीहरूसम्म यस योजनामा समेटिएका छन्।
उत्सवका तीन चरणहरू
यस अभियानलाई व्यवस्थित बनाउन कम्पनीले तीन विभिन्न चरणमा विभाजन गरेको छ:
२.२ प्रि २.२ डिलः जेठ १ गतेसम्म।
मुख्य उत्सव २.२ डिलः जेठ २ गते।
पोस्ट २.२ डिल: जेठ ३ देखि जेठ १४ गतेसम्म।
सहकार्य र आबद्ध ब्रान्डहरू
यस मेलामा नेपालका प्रतिष्ठित ब्रान्डहरूको सहभागिता रहेको छ। जसमा श्री एयरलाइन्स, केएफसी, अल्टिमा लाइफस्टाइल, आईएनआई सिनेमा, भ्याली एक्सप्रेस र फिली क्याफे लगायतका थुप्रै लोकप्रिय नामहरू सामेल छन्। यस्तै, फुडमान्डु, क्रिम बेल, त्रिसरा र पिज्जा नेशन जस्ता पार्टनरहरूले पनि आफ्ना विशेष डिलहरू सार्वजनिक गरेका छन्।
कसरी सहभागी हुने?
डिजिटल कारोबारलाई अर्थपूर्ण बनाउने लक्ष्य राखेको फोनपोइन्ट्सका अफरहरू फोनपोइन्ट्स एप्स बाट सिधै प्राप्त गर्न सकिन्छ। साथै, प्रयोगकर्ताको सहजताका लागि ईसेवा र फोनपे एप्स मार्फत पनि यी डिलहरू हेर्न र रिडिम गर्न सकिने व्यवस्था मिलाइएको छ।
फोनपोइन्ट्स ले यस '२.२ उत्सव' मार्फत नेपालको डिजिटल इकोसिस्टममा आफ्नो अग्रणी स्थानलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ। यो योजना सीमित अवधिका लागि मात्र लागू हुने भएकाले कम्पनीले प्रयोगकर्ताहरूलाई बेलैमा आफ्नो मन पर्ने अफर छनोट गर्न आग्रह गरेको छ।