arrow

सभामुख अर्याल भन्छन्- प्रधानमन्त्रीको कार्यतालिका सोध्ने र उपस्थिति तोक्ने अधिकार सभामुखलाई छैन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३० बुधबार
dp-aryal-30.jpg

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र साहलाई संसद्को बैठकमा उपस्थितिका लागि निर्देशन दिने वा कार्यतालिका तोक्ने अधिकार आफूसँग नभएको स्पष्ट पारेका छन्। बुधबार विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै रुलिङ गर्न दबाब दिएपछि उनले यस्तो जवाफ दिएका हुन्।

सभामुख अर्यालले आफू कानुन र नियमावलीको परिधिभित्र रहेर सदन सञ्चालन गर्न प्रतिबद्ध रहेको बताए। "हामी कानुन निर्माणको थलोमा छौँ र त्यही कानुनमा टेकेर सभा सञ्चालन गरिरहेका छौँ," उनले भने, "सम्माननीय प्रधानमन्त्री मात्र होइन, कुनै पनि माननीय सदस्य भोलि सदनमा आउन सक्नुहुन्छ वा हुन्न भनेर आज नै उहाँको कार्यतालिका सोध्न सक्ने कुनै आधार र अधिकार सभामुखसँग छैन।"

विपक्षी दलहरूको निरन्तरको नाराबाजी र अवरोधका बीच सभामुखले आजै साँझ प्रधानमन्त्री साहसँग भेटेर उनको उपस्थितिका विषयमा छलफल गर्ने प्रतिबद्धता जनाए। उनले विपक्षी सांसदहरूलाई आजको बैठक सुचारु गर्न सहयोग गरिदिन पटक-पटक आग्रह गरे पनि विपक्षीले अवरोध जारी राखे।

सभामुखको स्पष्टीकरणपछि पनि विपक्षी दलका सांसदहरू सन्तुष्ट नभई उभिएर विरोध जनाइरहेपछि प्रतिनिधि सभाको बैठक पुनः १५ मिनेटका लागि स्थगित गरिएको छ। नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको भौतिक उपस्थितिको अडानले सदनको गतिरोध अझै लम्बिने देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ