arrow

सुकुमवासी बस्तीमा डोजर चलाएको विरोधमा बिहीबार यातायात ठप्प पार्ने चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३० बुधबार
sukumbasi-dozer-birodh.jpg

काठमाडौँ । अखिल नेपाल सुकुमवासी संघले सुकुमवासी तथा अव्यवस्थित बस्ती खाली गराउने सरकारको कदमविरुद्ध आन्दोलनको घोषणा गरेको छ। बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संघले गुठी तथा बिर्ता पीडित समुदायमाथि भइरहेको जबर्जस्ती उठीवास र 'डोजर अभियान' विरुद्ध सडकमा उत्रिने जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष अमर परियारले अदालतले सुकुमवासी बस्ती खाली नगराउन अन्तरिम आदेश दिइसकेको अवस्थामा पनि कोहलपुरमा डोजर चलाइएको भन्दै कडा आपत्ति जनाए। सरकारले सर्वोच्च अदालतको आदेशको उल्लंघन गरेको उनको आरोप छ। साथै, सुकुमवासी बस्ती हटाउने कार्यमा नेपाली सेनालाई समेत सहभागी गराएर विवादमा तान्ने प्रयास भइरहेको भन्दै उनले त्यसको निन्दा गरे।

संघले यसअघि वैशाख ११ गते घोषणा गरेका कार्यक्रमहरूलाई निरन्तरता दिँदै वैशाख ३१ गतेदेखि थप सशक्त संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ। आन्दोलनको पहिलो चरणअन्तर्गत वैशाख ३१ गते बिहान ६ बजेदेखि १० बजेसम्म सवारी साधन सञ्चालन नगरी आन्दोलनलाई सहयोग गर्न यातायात व्यवसायी र सर्वसाधारणलाई संघले आग्रह गरेको छ।

अध्यक्ष परियारले प्रधानमन्त्री बालेन्द्र साह नेतृत्वको सरकारले अध्यादेशमार्फत शासन चलाउन खोजेको र संवैधानिक निकायहरूको गरिमा कमजोर पारेको आरोप लगाए। उनले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अभ्यासमा ल्याउने भनेको 'राइट टु रिकल' (प्रत्याह्वान) को व्यवस्था प्रयोग गरी बालेन्द्र साहलाई प्रधानमन्त्री तथा संसदीय दलको नेताबाट फिर्ता बोलाउन समेत माग गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ