arrow

कार्यविभाजन नियमावली मन्त्रिपरिषदबाट स्वीकृत

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३० बुधबार
walendra-sah-balen-pm-always-83-1-30.jpg

काठमाडौँ । मन्त्रिपरिषद्ले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गरेको छ । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाका अनुसार मन्त्रिपरिषद्ले भूमिसम्बन्धी (एक्काइसौँ संशोधन) नियमहरू, २०८३ स्वीकृत गरेको छ । 

बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभाका सदस्य सुशील खड्का (बागलुङ) र योगेश गौचन थकाली (मुस्ताङ) लाई मनोनयन गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ