arrow

यसरी हेरौँ एसईईको नतिजा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २८ सोमबार
national-exam-board-sano-thimi-bhaktpur-plu-2-result.jpg

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक हुँदैछ । साँझ साढे ५ बजेदेखि बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठक सकिएसँगै पत्रकार सम्मेलन गरी नतिजा सार्वजनिक गरिने छ । 

परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा सार्वजनिक गरेको आधा घण्टापछि अनलाइनमार्फत नतिजा हेर्न सकिने छ । 

 परीक्षार्थीहरूले नेपाल टेलिकमको १६०० नम्बरमा कल (IVR), एसएमएस वा युएसएसडीमार्फत आफ्नो नतिजा प्राप्त गर्न सक्नेछन्। त्यसैगरी आधिकारिक वेबसाइटहरू www.see.gov.np, www.neb.gov.np र www.see.ntc.net.np मार्फत पनि विस्तृत नतिजा हेर्न सकिने बोर्डले जनाएको छ। 

विद्यार्थीले आफ्नो मोबाइलको मेसेज बक्समा गएर आधिकारिक सर्टकोड प्रयोग गरी सिधै नतिजा थाहा पाउन सक्नेछन्।

परीक्षाका लागि ५ लाख १२ हजार ४ सय ७१ जना विद्यार्थीले फर्म भरेका थिए । तर कतिपय विद्यार्थी सहभागी नै नभएको, कसैका नक्कली परीक्षार्थी पनि भएको कारणले गर्दा परीक्षार्थी संख्या घटेको छ । एसईई परीक्षाका लागि देशभरका १ हजार ९ सय ६५ वटा र जापानमा एउटा गरी कूल १ हजार ९ सय ६६ परीक्षा केन्द्र तोकिएका थिए ।  

११ हजार ३ सय ७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी भएका थिए । 

यस वर्ष जापानको एक परीक्षा केन्द्रबाट समेत २३ जना विद्यार्थीले एसइई दिएका थिए। सरकारको नयाँ कार्ययोजना अनुसार परीक्षा सकिएको छोटो अवधिमै नतिजा आउन लागेकाले विद्यार्थी र अभिभावकहरू उत्साहित देखिएका छन्। 

परीक्षा भएको विषयको सोही दिन परीक्षाकेन्द्रमा परीक्षक र सुपरीक्षकहरूले उत्तरपुस्तिका जाँच गरेर विद्यार्थीको लब्धांकपत्र शिक्षा विकास तथा समन्वय इकाइमा पठाउने व्यवस्था गरिएको थियो । 

शिक्षा विकास तथा समन्वय इकाइले तोकिएको समयमा लब्धांकपत्रहरू परीक्षा नियन्त्रण कार्यालय पठाएको थियो । 

एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ