काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले कार्बन प्राधिकरण गठन गर्ने घोषणा गरेका छन्।
अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले जलवायु परिवर्तनसम्बन्धी कामलाई व्यवस्थित गर्न नयाँ प्राधिकरण स्थापना गरिने बताए।
उनका अनुसार सामुदायिक वन समूहलाई कार्बन क्रेडिटबाट प्राप्त हुने लाभ सुनिश्चित गरिनेछ।
साथै नीतिगत सुधारमार्फत भवन निर्माण तथा उद्योगमा स्वदेशी काठको उपयोगलाई प्रोत्साहन गरिने पनि उल्लेख गरिएको छ।
राष्ट्रपति पौडेलले वन डढेलो नियन्त्रणका लागि उच्च सतर्कता केन्द्र स्थापना गरिने र निरन्तर निगरानी प्रणाली तथा अग्नि नियन्त्रण क्षमता विस्तार गरिने बताए।