स्मार्ट टेलिकमको फाइल चलाएको प्रमाणित भए राजनीति छाड्छु : जगदीश खरेल [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २८ सोमबार
502
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पूर्वसञ्चारमन्त्री जगदीश खरेलले आफूलाई स्मार्ट टेलिकमको घोटाला प्रकरणसँग जोडेर प्रकाशित समाचारप्रति आपत्ति जनाएका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले उक्त प्रकरणमा आफ्नो संलग्नता प्रमाणित भए राजनीतिक जीवनबाटै सधैँका लागि संन्यास लिन तयार रहेको घोषणा गरे ।
सांसद खरेलले आफूलाई जोडेर प्रकाशित समाचार निरर्थक, भ्रामक र उद्देश्यप्रेरित रहेको दाबी गर्दै त्यसले आफ्नो व्यक्तिगत प्रतिष्ठासँगै संसद् र पार्टीको समेत अपमान गरेको बताए ।
उनले सञ्चारमन्त्रीको जिम्मेवारीमा रहँदा स्मार्ट टेलिकमसँग एक पटक पनि बैठक नगरेको जिकिर गरे। उनले उक्त प्रकरणमा आफूले कुनै फाइल चलाएको वा बैठक गरेको प्रमाणित भए राजनीतिक जीवन त्याग्न तयार रहेको चुनौतीसमेत दिए।
सांसद खरेलले गलत मनसायका साथ समाचार प्रकाशन तथा प्रसारण गरिएको आरोप लगाउँदै यस्ता गतिविधिले व्यक्तिको मान-सम्मानमा आँच पुग्ने बताए।