arrow

एसईईको नतिजा वैशाख २९ भित्र सार्वजनिक गर्ने तयारी

३५ कर्मचारी टेबुलेसनमा व्यस्त

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २७ आइतबार
see-board-thimi.jpg

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनका लागि अन्तिम तयारी थालेको छ। गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको परीक्षाको उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण सकिएसँगै कार्यालयले यही वैशाख २९ गतेभित्र परीक्षाफल सार्वजनिक गर्ने लक्ष्य राखेको राष्ट्रिय परीक्षा बोर्डले बताएको छ।

परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार नतिजालाई त्रुटीरहित बनाउन हाल ३५ जना कर्मचारी 'टेबुलेसन' (नतिजा प्रविष्टी र मिलान) को काममा निरन्तर व्यस्त छन्। 'माध्यमिक शिक्षा परीक्षा (एसइई) व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका, २०८२' को प्रावधान बमोजिम परीक्षा सकिएको छोटो अवधिमै नतिजा ल्याउने गरी काम भइरहेको उनले बताए।

यस वर्षको नतिजा वैशाख २९ भित्रै सार्वजनिक गर्ने गरी तयारीलाई तीव्र पारिएको छ। गत वर्षको परीक्षामा नियमित र स्तरवृद्धितर्फ गरी देशभरबाट कुल ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए। बोर्डले नतिजा प्रकाशनका लागि आवश्यक प्राविधिक परीक्षणहरू पनि सँगसँगै गरिरहेको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ