रास्वपा केन्द्रीय सचिवालयको बैठक बस्दै, अनुशासनको कारबाही मुख्य एजेन्डा
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २७ आइतबार
428
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालयको बैठक आज साँझ ६ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घन्टीघरमा बस्ने भएको छ।
पार्टीको आन्तरिक साङ्गठनिक सुदृढीकरण र आगामी रणनीतिका विषयमा छलफल गर्न यो बैठक बोलाइएको हो। बैठकमा मुख्य गरी पार्टीका विभिन्न भेला तथा अधिवेशनको विशेष तालिका, आयोग र विभागहरूमा पदाधिकारी मनोनयन गर्ने विषयमा गम्भीर विमर्श हुने कार्यसूची रहेको छ।
यसैगरी बैठकमा केही जिल्ला समितिहरूको पुनर्गठन वा विघटन गर्ने सम्बन्धमा पनि छलफल गरिनेछ। पार्टीभित्रको अनुशासन कायम राख्न गरिने अनुशासनात्मक कारबाहीका प्रस्तावहरू र आगामी केन्द्रीय समिति बैठकको तयारीका विषयलाई पनि आजको बैठकले प्राथमिकतामा राखेको छ।
बजेट अधिवेशनको पूर्वसन्ध्यामा बस्न लागेको यस बैठकमा अन्य समसामयिक राजनीतिक विषयहरूमा समेत छलफल हुने पार्टीले जनाएको छ।