arrow

जीवन

logo
कविता गौतम,
प्रकाशित २०८३ वैशाख २६ शनिबार
kabita-gautam-83-1-26.jpg

यो जीवन एउटा अधुरो कथा जस्तै हो
कहिले हाँसो, कहिले आँसुको धारा जस्तै हो

सपना धेरै छन् बाटो टाढा छ
मनमा विश्वास भने अझै गाढा छ

ठेस लाग्छ, चोट लाग्छ, यात्रा रोकिन्छ
तर फेरि उठ्ने साहस मनमा पलाउँछ

समय कहिले आफ्नै, कहिले पराइ जस्तो
तर सिकाउँछ सबै कुरा गुरु जस्तो 

एक दिन पुग्नेछु म आफ्नो लक्ष्यमा
त्यो दिन हुनेछ खुशीको सर्वोच्च क्षणमा ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ