arrow

नगर अस्पतालको भवन निर्माण अलपत्र

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २५ शुक्रबार
khada-devi-nagar-hospital.jpg

रामेछाप । चार वर्ष अघि नै सञ्चालनमा आउनुपर्ने खाँडादेवी गाउँपालिकाको पाँच शैय्याको पालिका स्तरको अस्पतालको निर्माण कार्य अझै अलपत्र परेको छ ।

खाँडादेवी गाउँपालिका-५ को गोगनपानीमा निर्माणाधीन अस्पतालको भवनको निर्माण पाँच वर्षदेखि अलपत्र परेको हो ।

अस्पताल भवन निर्माण सम्पन्न गरी पाँच शैय्याको अस्पताल सञ्चालनमा ल्याउने भनिएको भए पनि निर्माण व्यवसायीको लापरबाहीको कारण अस्पताल भवन अलपत्र परेको हो ।

भवनको सबै काम पूरा गरी १५ शैय्याको अस्पताल सञ्चालन गर्न योजना राखिएकोमा भवन निर्माण कार्य पहिलो तल्लामा अड्किएको छ । पहिलो तल्लाको भवमा समेत पाँच वर्षसम्म फिनिसिङको काम सकिएको छैन ।

अस्पताल भवन निर्माणको लागि गाउँपालिकाले बारम्बार रकम छुट्याएको भए पनि काम सम्पन्न नहुँदा स्थानीयको सुविधा सम्पन्न भवनबाट सेवा लिने चाहना पूरा हुन सकेको छैन ।

अस्पतालको भवन निर्माण सम्पन्न नभएको कारण अहिले सो अस्पतालले दिने सेवा पकरबास स्वास्थ्य चौकीबाट प्रवाह हुँदै आएको छ ।

सो स्वास्थ्य चौकीबाट चिकित्सकसहितका स्वास्थ्यकर्मीले सेवा प्रवाह गरिरहेका छन् ।

खाँडादेवी गाउँपालिकामा १३ ओटा स्वास्थ्य इकाई छन् । ती स्वास्थ्य इकाइले नौ ओटा वडाका नागरिकलाई सेवा दिँदै आएको छ ।

गाउँपालिकाले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न सुविधा सम्पन्न अस्पताल बनाउन लागेको भए पनि अस्पताल कहिलेबाट सञ्चालन हुने हो कुनै ठेगान छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ