arrow

सुनचाँदीको भाउमा वृद्धि

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २५ शुक्रबार
gold-jewalary.jpg

काठमाडौँ । स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा आज पुनः उल्लेख्य वृद्धि भएको छ। बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला रु १,३०० र चाँदीको भाउ रु १२० ले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु २,९९,९०० कायम भएको छ, जुन ऐतिहासिक रूपमा ३ लाख नजिक पुगेको हो। त्यस्तै, सेतो धातु चाँदीको मूल्य पनि बढेर प्रतितोला रु ५,२७५ पुगेको छ।

बजारमा सुनको भाउ पछिल्लो केही दिनदेखि लगातार उकालो लागिरहेको छ। हिजो बिहीबार छापावाल सुन प्रतितोला रु २,९८,६०० र चाँदी रु ५,१५५ मा कारोबार भएको थियो भने गत बुधबार सुन रु २,९६,८०० र चाँदी रु ५,०५० मा खरिदबिक्री भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावका कारण स्थानीय बजारमा पनि मूल्य बढेको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज विश्व बजारमा सुन प्रतिऔँस ४,७१५ अमेरिकी डलर र चाँदी प्रतिऔँस ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ