arrow

सबै राजनीतिक नियुक्ति खराब भन्ने धारणा गलत : दुजाङ शेर्पा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २४ बिहिबार
dujang-sherpa-nsu-24-01.jpg

ललितपुर । नेपाल विद्यार्थी संघका निवर्तमान अध्यक्ष दुजाङ शेर्पाले सरकारले र राजनीतिक दलहरूले विगतमा गरेका राजनीतिक नियुक्तिहरूलाई बदनाम गर्ने गरी गलत भाष्य निर्माण गर्न खोजिएको टिप्पणी गरेका छन् ।

ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै शेर्पाले राजनीतिक नियुक्तिबाट आएका सबै व्यक्ति तथा पदाधिकारीहरूलाई नकारात्मक रूपमा प्रस्तुत गर्ने प्रयास भइरहेको आरोप लगाए ।

उनले विगतका सरकारद्वारा गरिएका नियुक्तिहरूलाई ‘ब्रिफकेस बुझाएर आएका’ भन्ने सन्देश फैलाउने प्रयास भएको दाबी गरे ।

उनले प्रधानमन्त्रीको क्याबिनेटमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई लक्षित गर्दै योजना आयोगको उपाध्यक्ष बन्नका लागि कति रकम बुझाइएको हो भन्ने प्रश्न पनि गरे ।

उनले नेपाली कांग्रेसले वाग्लेलाई विज्ञताको आधारमा नियुक्त गरेको उल्लेख गर्दै गलत भाष्य निर्माणको विरोध गरे ।

“प्रधानमन्त्री वालेन्द्र साहले राजनीतिक दलहरूले नियुक्त गरेका सबै व्यक्ति र पदाधिकारीहरू खराब हुन् भन्ने भाष्य बनाउन खोजिरहनुभएको छ । यिनीहरू सबै ब्रिफकेस बुझाएर आएका हुन् भन्ने सन्देश दिन खोजिएको छ,” शेर्पाले भने ।

उनले विद्यार्थी संगठनहरू खारेज गर्ने सरकारको निर्णयप्रति पनि आपत्ति जनाउँदै आवश्यक परे प्रतिवाद गर्न तयार रहन आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ