arrow

तोलामा दुई हजार बढ्यो सुनको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २४ बिहिबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ । नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको भाउ बढेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा दुई हजार र चाँदी सय रुपैयाँले बढेको हो । 

मूल्य बढेसँगै बिहीबार छापावाला सुन तोलाको दुई लाख ९८ हजार आठ सय र प्रति १० ग्रामको दुईलाख ५६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि सुनको भाउ बिहीबार तोलाको दुई लाख ९६ हजार आठ सय र प्रति १० ग्रामको दुई लाख ५४ हजार चार सय ६० रुपैयाँ रहेको थियो । 

यता बुधबार तोलाको पाँच हजार ५५ र प्रति १० ग्रामको चार  हजार तीन सय ३४ रुपैयाँ रहेको असली चाँदीको भाउ बिहीबार बढेर तोलाको पाँच हजार एक सय ५५ र प्रति १० ग्रामको चार हजार नौ सय १९ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ