arrow

बीपी राजमार्ग चालु, चार दिनपछिको हट्यो अवरोध

सावधानीपूर्वक यात्रा गर्न प्रहरीको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २४ बिहिबार
bp-highway-banda.jpg

काठमाडौँ । वर्षाका कारण रोशीखोलाले बगाएको डाइभर्सन मर्मत गरिएसँगै बीपी राजमार्गमा सवारी आवागमन पुनः चालु भएको छ । रोशीखोलाको बाढीले डाइभर्सन बगाउँदा यो राजमार्ग विगत ४ दिनदेखि पूर्ण रूपमा अवरुद्ध रहेको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले एक सूचना जारी गर्दै राजमार्ग सञ्चालनमा आएको जानकारी दिएको छ । सडक सञ्चालनमा आए पनि यात्रु तथा चालकहरूलाई विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।

प्रहरीले यात्राका क्रममा लेन अनुशासन कायम गर्न, ट्राफिक नियमको पूर्ण पालना गर्न र संयमित भएर सवारी चलाउन निर्देशन दिएको छ ।

साथै, सुरक्षासम्बन्धी प्रहरीका सुझाव र निर्देशनहरू अनिवार्य रूपमा पालना गर्न समेत अनुरोध गरिएको छ । राजमार्गको वर्तमान अवस्था वा सडक सम्बन्धी थप जानकारी आवश्यक परेमा नेपाल प्रहरीको हटलाइन नम्बर १०० र १०३ मा सम्पर्क गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

सडक चालु भएसँगै अलपत्र परेका यात्रु र सवारी साधनहरू गन्तव्यतर्फ लाग्न थालेका छन् ।

वर्षा भइरहँदा थप सावधानी अपनाउनु पर्ने देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ