arrow

समस्याग्रस्त १० सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक, ऋण तिर्न अन्तिम चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २४ बिहिबार
bhumi-nibaran.jpg

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित सहकारी संस्थाहरूका ठुला ऋणीहरूको नामावली सार्वजनिक गर्न शुरू गरेको छ । समितिले पहिलो चरणमा १० वटा समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्दै उनीहरूलाई तत्काल ऋण चुक्ता गर्न निर्देशन दिएको हो । 

समितिले सूचना जारी गर्दै सार्वजनिक गरिएका ऋणीहरूलाई यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी आफ्नो दायित्व भुक्तानी गर्न भनेको छ र तोकिएको समयभित्र ऋण चुक्ता नगरेमा कानून बमोजिम कडा असुली प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिएको छ ।

पहिलो चरणमा नामावली सार्वजनिक गरिएका सहकारीहरूमा घेदुङ बहुउद्देश्यीय सहकारी, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, तपाई हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी र आइडियल यमुना बहुउद्देश्यीय सहकारी रहेका छन् ।

त्यसैगरी तुलसी बहुउद्देश्यीय सहकारी, नेपाल वित्तीय सहकारी, ओरियन्टल कोअपरेटिभ, गौतम श्री सहकारी र नेपाल सहकारी वित्तीयका ठूला ऋणीहरूको नाम पनि सार्वजनिक गरिएको छ ।

समितिका अनुसार अन्य समस्याग्रस्त सहकारीका ऋणीहरूको नामावली पनि क्रमशः सार्वजनिक गर्दै लगिनेछ । नाम सार्वजनिक नभएका अन्य ऋणीहरूलाई पनि कार्यालयमा सम्पर्क गरी समयमै ऋण तिर्न समितिले आग्रह गरेको छ ।

बचतकर्ताहरूको रकम फिर्ता गर्ने प्रक्रियालाई थप प्रभावकारी बनाउन समितिले ऋणीहरूबाट असुली कार्यलाई तीव्रता दिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ