arrow

प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २३ बुधबार
pmo-susila-new-new.jpg

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रियालाई अगाडि बढाउन संवैधानिक परिषद्को बैठक आह्वान गरिएको छ। 

संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री वालेन्द्र साहको निर्देशनबमोजिम परिषद् सचिवालयले २०८३ वैशाख २४ गते बिहीबार साँझ ५ बजेका लागि बैठक बोलाएको हो। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने उक्त बैठकको मुख्य कार्यसूची प्रधानन्यायाधीशको नियुक्ति सिफारिस गर्नु रहेको छ। 

बैठकमा सहभागी हुनका लागि सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारीलाई आमन्त्रण गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ