arrow

डा रिजाल चिकित्सक सङ्घको अध्यक्षमा निर्वाचित, यस्तो बन्यो कार्यसमिति

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २२ मंगलबार
badri-rijal-doctor.jpg
तस्बिर : फाइल

काठमाडौँ । नेपाल चिकित्सक सङ्घमा डा बद्री रिजालको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यकारणी समिति चयन भएको छ । आज सम्पन्न भएको मतगणनामा उनले नेतृत्वमा नयाँ कार्यकारणी समिति चयन गरिएको प्रमुख निर्वाचन अधिकृत डा प्रणयरत्न शाक्यले जानकारी दिए । 

डा रिजाल तीन हजार १९६ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी डा मङ्गल रावलले दुई हजार ९४० मत प्राप्त गरेका थिए । 

वरिष्ठ उपाध्यक्षमा डा सञ्जीव तिवारी र महासचिवमा डा विश्वराज दवाडी विजयी भएका हुन् । यस्तै उपाध्यक्षतर्फ कोशीबाट डा रोशन खड्का, मधेसबाट डा अमितरञ्जन मिश्र, बागमतीबाट डा सुवास भट्टराई, गण्डकीबाट डा यज्ञराज सिग्देल, लुम्बिनीबाट डा नन्दाकुमारी गुरुङ, कर्णालीबाट डा रविन खड्का र सुदूरपश्चिमबाट डा प्रमोद जोशी विजयी भएका छन् ।  

कोषाध्यक्षमा डा संयुक्त आचार्य, सहसचिव डा हुलास अग्रवाल र सहकोषाध्यक्षमा डा तेजसुसिंह मल्ल विजयी भएका छन् । सदस्यहरूमा डा अमित झा, डा राकेश शाह, डा पल्पसा श्रेष्ठ, डा विना श्रेष्ठ, डा सुस्मित काफ्ले र डा शेषराज आचार्य विजयी भएका छन् । 

सङ्घको उपत्यकाबाहिर वैशाख ४ र ५ गते तथा उपत्यकामा वैशाख १८ र १९ गते निर्वाचन सम्पन्न भएको थियो । 

निर्वाचनमा कुल १६ हजार एक सय मतमध्ये सात हजार १०२ मत खसेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ