arrow

सरकार परिवर्तन गरिए मधेस प्रदेशका लागि दुर्भाग्य हुने मुख्यमन्त्रीको चेतावनी 

मधेस प्रदेशमा सरकार परिवर्तन हुने सम्भावना छैन: मुख्यमन्त्री यादव

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २१ सोमबार
krishna-yadhav-ss.jpg

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेस प्रदेशमा सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको दाबी गरेका छन् । सोमबार जनकपुरमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।

बजेट ल्याउने तयारी भइरहेको समयमा मधेस प्रदेशका कुनै पनि सांसदले सरकार परिवर्तन गर्ने कुरा सोच्न पनि नसक्ने मुख्यमन्त्री यादवको जिकिर थियो । उनले बजेट निर्माणको पूर्वसन्ध्यामा सरकार परिवर्तन गरिए त्यो मधेस प्रदेशका लागि दुर्भाग्य हुने चेतावनी समेत दिए ।

मुख्यमन्त्री यादवले वर्तमान सरकार नै अगाडि बढ्नेमा आफू विश्वस्त रहेको बताए । उनले अहिलेको परिवेश बजेट सञ्चालनको मुख्य समय भएको उल्लेख गर्दै यस घडीमा कसैले सरकार परिवर्तनको मनसाय बनाए प्रदेशका लागि अहित हुने तर्क गरे । आफ्ना दलका नेता र सांसदहरू सजग तथा सचेत रहेकाले उनीहरू सरकार परिवर्तनको खेलमा नलाग्ने उनले दाबी गरे । मुख्यमन्त्री यादवले सबै दलहरू अहिले सरकार परिवर्तन गर्न नहुने अडानमा रहेको समेत स्पष्ट पारे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ