arrow

रोशी खोलामा बाढी

बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २१ सोमबार
roshi-khola-bp-highway-.jpg

काठमाडौँ ।  कुषादेवी क्षेत्रमा लगातार वर्षा भएपछि रोशी खोलामा पानीको सतह बढेका कारण सोमबार बिहानदेखि बीपी राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेले रोशी खोलामा पानीको सतह बढेसँगै राजमार्गमा सम्भावित जोखिम बढेकाले सवारी आवागमन तत्कालका लागि पूर्ण रूपमा बन्द गरिएको जानकारी दिएको छ। 

खोलाको बहाव सामान्य भई सडकमा कुनै अवरोध नरहेपछि मात्र अर्को सूचना जारी गरी बाटो सुचारु गरिने प्रहरीले जनाएको छ।

यसअघि रोशी खोलामा बाढीले सडक बगाएपछि डाइभर्सन निर्माण गरी अस्थायी रूपमा यातायात सञ्चालन गरिएको थियो, तर खोलामा सामान्य बाढी आउने बित्तिकै सडक बारम्बार बन्द हुने गरेको छ। 

प्रहरीले यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न र अनावश्यक जोखिम नलिन आग्रह गर्दै थप जानकारीका लागि १०० र १०३ मा सम्पर्क गर्न अनुरोध गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ