arrow

एमालेको पार्टी सदस्यता अब पूर्ण रूपमा डिजिटल

अनलाइन नवीकरण अभियान सुरु गरिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २० आइतबार
uml-cpn.jpg

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ। आज केन्द्रीय कार्यालयमा आयोजित सदस्यतासम्बन्धी बैठकमा यसबारे विस्तृत छलफल गरिएको सङ्गठन विभाग संयोजक तथा पार्टी केन्द्रीय सचिव भानुभक्त ढकालले जानकारी दिए।

पार्टीका उपाध्यक्ष, महासचिव, प्रदेशका नेताहरू तथा जनसङ्गठनका प्रतिनिधिहरूको उपस्थितिमा सदस्यता व्यवस्थापनसम्बन्धी डेमो (प्रदर्शनात्मक) बैठक सम्पन्न भएको छ। बैठकमा प्रस्तावित नयाँ प्रणाली र यसको कार्यान्वयनका पक्षबारे छलफल गरिएको सचिव ढकालले बताए।

बैठकलाई सम्बोधन गर्दै पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अनलाइन सदस्यता नवीकरण अभियान पार्टी जीवनलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने महत्त्वपूर्ण कदम भएको बताए। यो प्रविधिको प्रयोगले देशभरका कार्यकर्ताहरूको तथ्याङ्क चुस्त राख्न र पार्टीको आन्तरिक व्यवस्थापनलाई आधुनिक बनाउन सहयोग पुग्ने एमालेको विश्वास छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ