arrow

पूर्वीनाका काँकरभिट्टाबाट नौ महिनामा झन्डै १७ अर्बको इन्धन आयात

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २० आइतबार
mechi bhansar office.jpg

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३० हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ र कोइला आयात भएको छ। 

मेची भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार यस अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, हवाई इन्धन (एटीएफ) र कोइलाको आयातबाट सरकारले रु सात अर्ब ४४ करोड ७८ लाख १८ हजार राजस्व सङ्कलन गरेको छ। 

कार्यालयको तथ्याङ्क अनुसार नौ महिनाको अवधिमा रु सात अर्ब ७५ करोड ९४ लाख मूल्य बराबरको ८३ हजार ४४८ किलोलिटर पेट्रोल र रु पाँच अर्ब ८७ करोड १८ लाख मूल्य बराबरको ५५ हजार २४ किलोलिटर डिजेल आयात भएको देखिएको छ।

त्यसैगरी काँकरभिट्टा नाका हुँदै रु एक अर्ब ९० करोड ५९ लाख मूल्य बराबरको १९ हजार १३६ मेट्रिक टनभन्दा बढी एलपी ग्यास र रु ५७ करोड ५१ लाख मूल्य बराबरको पाँच हजार ९८८ किलोलिटर हवाई इन्धन आयात भएको छ। 

औद्योगिक प्रयोजनका लागि प्रयोग हुने कोइलातर्फ रु ७० करोड १२ लाख मूल्य बराबरको ३४ हजार ५२४ मेट्रिक टन आयात भएको सूचना अधिकारी हुमागाईँले जानकारी दिएका छन्। यस नाकाबाट भएको इन्धनको ठूलो परिमाणको आयातले पूर्वी नेपालको ऊर्जा आवश्यकतालाई सम्बोधन गर्नुका साथै राज्यको ढुकुटीमा महत्त्वपूर्ण राजस्व योगदान पुर्‍याएको देखिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ