arrow

सबै पराइ

logo
कविता गौतम,
प्रकाशित २०८३ वैशाख १९ शनिबार
kabita gautam-83-1-19.jpg

मन रोइरहन्छ चुपचाप, कसैलाई थाहा हुँदैन
हाँसो ओठमै अडिन्छ, भित्रको पीडा देखिँदैन
भीड धेरै छ वरिपरि, तर साथ दिने कोही छैन
यति धेरै आफ्ना हुँदा पनि, कोही आफ्नो लाग्दैन ।

सम्झनाले पोलिरहन्छ, रातभर निद्रा हराउँछ
आशाका साना किरण पनि आँशु सँगै बगाउँछ
मुटु भित्रको चिसोपन, कसैले कहिल्यै बुझ्दैन
सबै आफ्नै जस्ता लाग्छन्, तर कोही आफ्नो लाग्दैन।

बोल्न खोज्छु मनको कुरा, शब्दहरू साथ दिँदैनन्
नजिक आए जस्तो गर्छन्, तर कहिल्यै साथ रहँदैनन्
विश्वासका ती पुलहरू पनि, बिस्तारै टुट्दै जान्छन्
कोही आफ्नो लाग्दैन, सबै पराई लाग्छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ