arrow

भेटियो मानव कङ्काल

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १६ बुधबार
manab-kankal-16-01.jpg

सर्लाही । सर्लाहीमा मानव कङ्काल फेला परेको छ ।

जिल्लाको बागमती नगरपालिका-१२ क्षेत्रमा मंगलबार दिउँसो टाउको र शरीर छुट्टिएको अवस्थामा कङ्काल फेला परेको प्रहरीले जनाएको छ ।

घाँस काट्न गएका स्थानीयवासीले भरत ताल छेउमा कङ्काल देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए ।

सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय हरिवन र इलाका प्रहरी कार्यालय कर्मैयाबाट संयुक्त प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

प्रहरीले यस सम्बन्धि अनुसन्धान अघि बढाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ