सिक्किमको ५०औँ स्वर्ण जयन्तीमा सहभागी हुन मोदी गान्तोकमा
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १५ मंगलबार
387
Shares
काठमाडौँ। भारत पश्चिम बंगालको सिक्किम राज्य स्थापनाको ५०औँ स्वर्ण जयन्ती समापन समारोहमा सहभागी बन्न प्रधानमन्त्री नरेन्द्र मोदी गान्तोक पुगेका छन् ।
दुई दिने भ्रमणमा आइपुगेका उनले देउरालीदेखि लोकभवनसम्मको ऐतिहासिक रोड शोमा लाखौँ सिक्किमवासीलाई हात हल्लाएर सम्बोधन गरेका छन् ।
मंगलबार उनी गान्तोकस्थित अर्किडेरियमको भ्रमण गरेका छन् । जहाँ उनले राज्यको समृद्ध पारिस्थितिक र पुष्प सम्पदाको अवलोकन गरे ।
भ्रमणको क्रममा प्रधानमन्त्रीसँगै सिक्किमका राज्यपाल ओमप्रकाश माथुर र मुख्यमन्त्री प्रेमसिंह तामाङ पनि उपस्थित थिए ।
पहिलो दिन सोमबार मोदीले पद्म पुरस्कार विजेताहरू र विभिन्न क्षेत्रहरूमा प्रतिष्ठित व्यक्तिहरूसँग भेट गरेका थिए ।
मंगलबार मोदीले पाल्जोर रंगशालामा सिक्किमको ५०औं राज्य स्थापना दिवसको समापन समारोहमा सहभागि जनाइरहेका छन् ।
कार्यक्रमको क्रममा, उनले चार हजार करोड रुपैयाँभन्दा बढी मूल्यका धेरै विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्ने कार्यक्रम छ ।
नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङ र पाँचथरसँग सिमाना जोडिएको सिक्किममा बहुसंख्यक नेपाली समूदायको बसोबास छ । मोदी गान्तोक भ्रमणमा रहँदा लाप्चा पोशाकमा सजिएको देख्न सकिन्छ ।