arrow

दश केजीभन्दा कम तौलका बेकरी सर्टनिङ बिक्रीमा प्रतिबन्ध

१५ दिनभित्र बजारबाट फिर्ता गर्न विभागको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १५ मंगलबार
bekari-khadhyanna.jpg

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बेकरी सर्टनिङको उत्पादन, प्याकेजिङ तथा बिक्री-वितरणमा नयाँ मापदण्ड लागू गर्दै १० केजीभन्दा कम तौलमा यस्ता सामग्री बिक्री गर्न रोक लगाएको छ। 

विभागले २०८३ वैशाख १४ गते गरेको निर्णयअनुसार अबदेखि बेकरी सर्टनिङ उत्पादन गर्ने उद्योगहरूले १० केजीभन्दा साना प्याकहरू बजारमा पठाउन पाउने छैनन्। खाद्य गुणस्तर कायम राख्न र उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको विभागले यो कडा कदम चालेको हो।

हाल बजारमा १० केजीभन्दा कम तौलमा उपलब्ध रहेका बेकरी सर्टनिङका उत्पादनहरूलाई सूचना प्रकाशित भएको १५ दिनभित्र अनिवार्य रूपमा फिर्ता (रिकल) गर्न विभागले उद्योगहरूलाई निर्देशन दिएको छ। यसरी बजारबाट फिर्ता गरिएका उत्पादनहरूको जानकारी सम्बन्धित क्षेत्रको विभागीय कार्यालयमा अनिवार्य रूपमा गराउनुपर्ने व्यवस्था समेत गरिएको छ।

 विभागले यो निर्देशनको पालना नगर्ने वा अटेर गर्ने उद्योगहरूलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कानुनी कारबाही गरिने चेतावनी दिएको छ। यो नयाँ व्यवस्थाले बेकरीजन्य उत्पादनको कच्चा पदार्थको स्वच्छता र व्यावसायिक मापदण्डमा सुधार ल्याउने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ