arrow

नयाँ शैक्षिक सत्रको औपचारिक शुरू

आजदेखि भर्ना अभियान, कानूनविपरीतको शुल्क फिर्ता गराउन निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १५ मंगलबार
education-science-technolog.jpg

काठमाडौँ । सरकारको निर्णयअनुसार आज वैशाख १५ गतेदेखि देशभरका विद्यालयहरूमा नयाँ शैक्षिक सत्र २०८३ को औपचारिक थालनी भएको छ। विगतमा वैशाख २ गतेदेखि नै शैक्षिक सत्र शुरू हुने गरेको भए तापनि यस वर्षदेखि सरकारले वैशाख १५ गतेको मिति तय गरेको हो।

निजी विद्यालयहरूले वार्षिक परीक्षाको नतिजा नआउँदै र शैक्षिक सत्र शुरू नहुँदै भर्ना लिने प्रवृतिलाई रोक्न सरकारले यो नयाँ कार्यतालिका ल्याएको हो। यद्यपि, कतिपय स्थानीय तहहरूको सहजीकरणमा वैशाख १५ अगावै पनि भर्ना प्रक्रिया शुरू भइसकेको पाइएको छ।

सर्वोच्च अदालतले शिक्षा नियमावली, २०५९ अनुसार शैक्षिक सत्र शुरू भएपछि मात्र भर्ना प्रक्रिया सञ्चालन गर्न अन्तरिम आदेश जारी गरेको थियो। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले परीक्षा नतिजा र आवश्यक प्रमाणपत्र प्राप्त नभई भर्नाको सूचना प्रकाशन नगर्न निर्देशन दिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी (संस्थागत) विद्यालयहरूले कानूनविपरीत लिइरहेको भर्ना र अन्य अतिरिक्त शुल्क फिर्ता गराउन निर्देशन दिएको छ। 'संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका, २०७२' विपरीत लिइएका शुल्कहरू फिर्ता गराउन मन्त्रालयले सबै स्थानीय तहहरूलाई अनुरोध गरेको छ।

शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रले पनि वार्षिक परीक्षाको नतिजा प्रकाशनपछि मात्र भर्ना कार्यक्रम सञ्चालन गर्न यसअघि नै सूचित गरिसकेको छ। नयाँ शैक्षिक सत्रको शुरूवातसँगै अब देशभरका बालबालिकाहरू विद्यालय भर्ना भई औपचारिक अध्ययनमा जोडिनेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ