काठमाडौँ । प्रधानमन्त्री वालेन साहले आज दिउँसो २ बजेका लागि मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने यस बैठकमा सरकारका चालू आयोजना, प्रशासनिक निर्णय र मुलुकको समसामयिक विषयमा छलफल हुने बताइएको छ।
बैठकले केही महत्त्वपूर्ण नियुक्ति तथा मन्त्रालयगत प्रस्तावहरूमाथि निर्णय लिने सम्भावना रहेको छ।
नियमित प्रक्रिया अन्तर्गत बस्न लागेको यस बैठकमा सुशासन र सेवा प्रवाहका क्षेत्रमा गरिनुपर्ने सुधारका एजेन्डाहरूले पनि प्राथमिकता रहने छ।