arrow

जङ्गली बँदेलको आक्रमणबाट सर्लाहीमा एक पुरुषको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १४ सोमबार
boar_3023393b.jpg.jpeg

काठमाडौँ । जङ्गली बँदेलको आक्रमणबाट सर्लाहीको लालबन्दीमा एक युवकको ज्यान गएको छ। लालबन्दी नगरपालिका–१५ पिडखोल्सा निवासी ३२ वर्षीय प्रेमबहादुर थिङ (दावा) को बँदेलको आक्रमणका कारण मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सरोज राईका अनुसार, बँदेलको आक्रमणबाट गम्भीर घाइते भएका थिङलाई उपचारका लागि महेन्द्र राजमार्गस्थित लालबन्दी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।

थिङले आफ्नो खेतमा लगाएको मकै बाली जङ्गली बँदेलले नष्ट गर्न थालेपछि केही दिनदेखि खेतमै बसेर हेरचाह गर्दै आउनुभएको थियो। मकै कुर्न खेतमा गएकै समयमा उहाँमाथि बँदेलले आक्रमण गरेको प्रहरीले जनाएको छ। घटना लगत्तै पुगेको प्रहरी टोलीले मध्यरातमा घटनास्थलको मुचुल्का तयार गरी शवलाई परीक्षण (पोस्टमार्टम) का लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाएको छ।

नेपालका वन क्षेत्र आसपासका बस्तीहरूमा पछिल्लो समय जङ्गली जनावरको आतङ्क र यसबाट हुने मानवीय क्षतिका घटनाहरू बढ्दै जाँदा स्थानीय बासिन्दाहरूमा त्रास फैलिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ